काठमाण्डूको एक गेस्ट हाउसमा पुरुष मृत फेला

काठमाण्डु टुडे २०८३ असार ११ गते १६:०७ मा प्रकाशित

काठमाण्डू, ११ असार– काठमाण्डू महानगरपालिका–१६ स्थित एक गेष्ट हाउसमा पुरुष मृत अवस्थामा फेला परेका छन ।

मित्रनगरस्थित गल्फ ओयसियस गेष्ट हाउसको कोठा नम्बर ४०१ मा ती पुरुष मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, दाङ बबई गाउँपालिका–६ घर भएका ४६ वर्षीय ओम प्रकाश बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन । साथै घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us