काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरको पूर्वाधार विकासका लागि २५ करोड भारतीय रुपैयाँ
सहयोग उपलब्ध गराएका छन् ।
नेपाल भ्रमणको दोश्रो तथा अन्तिम दिन सोमबार पशुपतिनाथको दर्शन तथा पूजाआजा गरेका मोदीले त्यसलगत्तै उक्त सहयोग घोषणा गरेका हुन् ।