मोदीका कारण कहाँकहाँ चल्दैनन् गाडी ?

काठमाण्डु टुडे २०७१ साउन १९ गते २:४१ मा प्रकाशित

काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरन्द्र मोदीको सवारीका कारण आज पनि दिनभर काठमाण्डु उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ ।
मोदीको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले उनको आवतजावत हुने क्षेत्रमा अन्य सवारी साधन सञ्चालनमा कडाइ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान नौ बजेदेखि साढे १० बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क र गौशाला क्षेत्रमा सवारी साधन चल्न पाउने छैनन् ।

यस्तै ११ बजेबाट सवा १ बजेसम्म हायात होटलदेखि चुच्चेपाटी, महाराजगञ्ज, चावहिल, सुकेधारा, नारायणगोपाल चोक हुँदै महाराजगञ्जसम्मको सडकमा गाडी चलाउने पाइने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us