सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाण्डु टुडे २०७१ साउन १९ गते ५:०१ मा प्रकाशित

चौतारा, १९ साउन– सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

uddar-2डोजरले पहिरो पन्छाउने क्रममा सोमबार थप १९ जनाको शव फेला परेको हो । अधिकांश मृतकको शव चिन्न नक्ने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

पहिरोमा यसअघि १० जनाको शव फेला परेको थियो । पहिरोमा माङखा र राम्चेका ५२ परिवारका करिब डेढ सय हराइरहेका छन् । उनीहरु जिवितै भेटिने सम्भावना कम हुँदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us