समाचार

सिन्धुपाल्चोक पहिरो: शव भेटिए, किरिया गर्ने भेटिएनन्

२०७१ साउन २० गते २:१४

काठमाण्डु, २० साउन– सीमा नाका तातोपानीमा बसेर खासा व्यापारीको सहयोगीको काम गर्दै आएका बुद्ध तामाङ हरेक शुक्रबार घर आउँथे । दुई रात परिवारसँग बिताएर र्फकन्थे । दस वर्ष यसरी नै बित्यो । त्यो शुक्रबार भने उनी घर र्फकन पाएनन् । ‘गाडी पाइएन, आज घर...

तत्काल नेपाल नअाउने भए पारस

२०७१ साउन २० गते १:४९

काठमाण्डु, २० साउन–पूर्वयुवराज पारस  शाह तत्काल नेपाल नर्फकने भएका छन् । लागूऔषधको मुद्धाको फैसला भएको दिन गत असार २६ गते थाइल्यान्डको कुकुमितस्थित होटल डेभिसमा झगडा पर्दा ६५ हजार भाट जरिवाना गरेका थिए । सो  होटल तोडफोड काण्डमा मुद्धन खेपिरहेका पोरसको सोमबार फैसला भएको छ...

मोदीसँग आएका जितबहादुरको घरमा प्रहरी सुरक्षा

२०७१ साउन २० गते १:३८

नवलपरासी,२० साउन–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार केही दिनका लागि कावासोतीस्थित घर आएका उनका परिवारका सदस्य जितबहादुर सारुलाई प्रहरीले कडा सुरक्षा दिएको छ । मोदीसँगै आइतबार काठमाडौं आएर हायात होटलमा पारिवारिक मिलन गरेपछि मोदीले उनलाई अब नेपालमा बस्छौ की म सँगै जान्छु भनेर सोधेका थिए...

प्रचण्डले मोदीलाई भने, ‘नेपालमा माइक्रो म्यानेजमेन्ट नगर्नुस’

२०७१ साउन १९ गते १४:५६

काठमाण्डु, १९ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा माइक्रो म्यानेज्मेन्ट ‘सुक्ष्म व्यवस्थापन’ को काम नगर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका छन् । मोदी बसेको राजधानीको बौद्धस्थित हायत होटलमा सोमबार भएको भेटमा प्रचण्डले भरतले नेपालको आन्तरिक मामिलाका स–साना विषयमा समेत चासो...

एमाओवादीकाे भट्टराई पक्ष कारबाहीमा

२०७१ साउन १९ गते १४:५४

काठमाण्डु, १९ साउन – विराटनगर राष्ट्रिय सम्मेलनबाट सुरु भएको पार्टी विवाद चर्कंदै गएका बेला एमाओवादीले असन्तुष्ट बाबुराम भट्टराई पक्षधर केही नेतालाई कारबाही गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा सोमबार साँझ बसेको स्थायी कमिटी बैठकले सो पक्षका नेतालाई कारबाही गरेको हो ।...

मोदीका अगाडि अर्को बेइज्जत गरे सुशीलले

२०७१ साउन १९ गते १४:४१

काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले देखाएको व्यवहारको नेपालको कुटनीतिक क्षेत्रले आलोचना गरेको छ । आइतबार मोदीलाई नेपाली सेनाले १९ तोपको सलामी दिँदा मोदीसँगै टाँसिएर उभिएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो ।...

यस्तो रह्यो तस्वीरमा मोदीको नेपाल भ्रमण

२०७१ साउन १९ गते १४:२८

काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किए । प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका मोदीको ३० घण्टे नेपाल बसाई निकै व्यस्त रह्यो । उनले नेपाल बसाइका क्रममा राष्ट्रपतिसहित प्रमुख दलका शीर्ष नेतासँग भेटघाट गरे । आइतबार...

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ: मोदी

२०७१ साउन १९ गते १३:३१

काठमाण्डु, १९ साउन– राप्रपा नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल हिन्दू राष्ट्र हुनुपर्नेमा सकारात्मक रहेको दाबी गरेको छ । सोमबार स्वदेश फर्कनुअघि राजधानीको बौद्धस्थित हायत होटलमा आफ्ना अध्यक्ष कमल थापासँग भएको भेटमा मोदीले यस्तो बताएको राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् सह–प्रवक्ता मोहन श्रेष्ठले काठमाण्डु...

निःशुल्क गराउने सहमतिपछि खुल्यो तालाबन्दी

२०७१ साउन १९ गते १३:१८

काठमाण्डु , १९ साउन – एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) र उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) बीच उच्चमाध्यमिक शिक्षा परिषद्को छात्रवृत्ति पाएका विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क गराउने विषयमा सहमति भएको छ । सहमतिअनुसार छात्रवृत्तिका विद्यार्थीसँग शुल्क लिएको पाइएमा फिर्ता गरिनेछ । सो सहमतिमा हिसानका अध्यक्ष उमेश...

मोदीसँग गएनन् जितबहादुर

२०७१ साउन १९ गते १२:५३

काठमाण्डु, १९ साउन– नेपाल भ्रमणका क्रममा दिल्लीबाट सँगै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेपाली धर्मपुत्र जितबहादुर सारुमगर मोदीसँग गएनन् । उनी अहिले परिवारसँग नवलपरासीस्थित पुख्र्यौली घरमा बसिरहेका छन् । मोदीसँग बिदा मागेर उनी आइतबारै परिवारको साथ घर पुगेका थिए । मोदी भेट्न आएकी आमाको...

३० घण्टा नेपाल बसेर फर्किए मोदी

२०७१ साउन १९ गते ११:५६

काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् । मोदी भारतीय सेनाको विशेष विमानमार्फत अपराह्न ५ बजेर ३० मिनेटमा नयाँदिल्लीका लागि उडेका हुन् । मोदीको बिदाइमा नेपाली सेनाले १९ तोपको सलामी अर्पण गरेको थियो ।...

ट्याक्सी भाडा बढ्यो

२०७१ साउन १९ गते ११:४५

काठमाण्डु, १९ साउन– यातायात व्यवस्था विभागले यसै महिनाबाट महिनबाट लागू हुने गरी ट्याक्सी भाडा बढाउने भएको छ । लामो समयदेखि भाडा संयोजनसहित २६ बुँदे माग राखी आन्दोलनरत ट्याक्सी व्यवसायी र विभागबीच साउन महिनबाट ट्याक्सीको भाडा बढाउने सहमति भएको हो । विभागले २६ बुँदामध्ये पहिलो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us