काठमाण्डु, २० साउन–एक २ वर्षे शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदारलाई सोमबार मृत्युदण्ड दिइएको समाचार छ ।
ती महिलालाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको गृहमन्त्रालयले जनाएको छ ।
यी घरेलु कामदार महिला साउदी शिशु ओसामा विन मइद अल एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा दोषी पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तथापि मन्त्तालयले अपराध विस्तृत विवरण नदिएको सरकारी समाचार संस्था एसपीएले जनाएको छ ।
यी घरेलु कामदार महिलालाई अरार नगरमा मृत्युदण्ड दिइएको हो । साउदीमा इस्लामी सरिया कानुन लागू हुन्छ । यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डैती तथा लागूपदार्थको गैरकानुनी बेचविखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड हुन्छ ।
राजधानी दैनिकबाट