एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २० गते ५:०५ मा प्रकाशित

चितवन, २० साउन– पूर्वी चितवनको वीरेन्द्रनगरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना २ च १५५ नम्बरको एम्बुलेन्सको ठक्करबाट खैरहनी–२ वैरहनीकी ३० वर्षीया शर्मिला सेढाईंको ज्यान गएको हो । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us