समाचार

बालिका बलात्कारको आरोपमा बालकलाई कैद

२०७१ साउन २१ गते ७:३०

राजविराज, २१ साउन – नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालतले १५ वर्षीय बालकलाई कसुरदार ठहर गर्दै पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले बालकलाई बालसुधार गृहमा राखी कैद भुक्तान गर्ने ठहर गरेको अदालतले जनाएको छ ।...

खनालले पनि हटाए स्वकीय सचिव

२०७१ साउन २१ गते ६:२७

काठमाण्डु, २१ साउन– संगोय नै मान्नुपर्छ प्रधनमन्त्री सुशील कोइरालाले स्वकीय सचिवबाट लक्ष्मण ढकाललाई बर्खास्त गरेकै दिन एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि स्वकीय सचिव रामबाबु अधिकारीलाई हटाएका छन् । खनालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई हटाएको जनाएका हुन् । अधिकारीमाथि पार्टी शक्तिको...

जुरे पहिरोमा हराइरहेका १ सय २३ मृत घोषित

२०७१ साउन २१ गते ५:५८

काठमाण्डु, २१ साउन– सिन्धुपाल्चोको माङखा जुरेमा पहिरोमा पुरिएर हराइरहेका १ सय २३ जानालाई मृत घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपलप्रसाद पराजुलीको अध्यक्षतामा बिहान बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले हराइरहेका सबैलाई मृत घोषणा गरेको हो । मृत घोषणा गरिएसँगै प्रति मृतक परिवार...

जितबहादुरबारे मोदीले भ्रम फैलाए: भारतीय सञ्चार माध्यम

२०७१ साउन २१ गते ४:२६

काठमाण्डु, २१ साउन–भारतीय सञ्चारमाध्यमले आफ्ना धर्मपुत्र नेपाली युवक जितबहादुर सारुमगरबारे गलत प्रचार गरेको जनाएका छन् । मोदीले १६ वर्षपछि जितबहादुरका परिवारसँग पुनर्मिलन गराएको भन्दै मोदीको दाबी झुठ रहेको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ । आइतबार नेपाल भ्रमणमा आएका मोदीले जितबहादुरलाई सँगै ल्याएका थिए...

भजनमण्डलीको भक्त बन्न अस्वीकार गर्दा जंगबहादुर शैलीमा कारबाही गरियो: श्रेष्ठ

२०७१ साउन २१ गते ४:२४

काठमाण्डु, २१ साउन– एकीकृत माओवादीका निलम्बित पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठले भजनमण्डलीको भक्त बन्न अस्वीकार गरेका कारण आफूहरुमाथि जंगबहादुर शैलीमा कारबाही गरिएको आरोप लगाएका छन् । असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षधर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी संस्थापनतर्फ लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले...

माेदी अाउँदा ज्ञानेन्द्रकाे गाडी कब्जा

२०७१ साउन २१ गते ३:४५

काठमाण्डु, २१ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएपछि उनको सुरक्षा चिन्ता हुने नै भयो । त्यही क्रममा बुलेटप्रुफ गाडीको खोजी भयो । सरोकारवालाहरुसमक्ष सूचना आयो, पूर्वराजासँग एउटा बुलेट प्रुफ गाडी अझै पनि छ । तर, माग्ने कसरी, उनलाई भन्ने कसले ? अलमलका...

पर्वत कारागारमा कैदीका दुई समूहबीच झडप, सात घाइते

२०७१ साउन २१ गते ३:३९

पर्वत, २१ साउन – पर्वत कारागारमा कैदीबन्दीहरुको दुई समूहबीच गएराति झडप भएको छ । भडपमा सातजना घाइेत भएका छन् । उनीहरुमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा पर्वत टकलाकका अमृत न्यौपाने, रत्नराज न्यौपाने, लेखफाँटका विक्रम सुवेदी, कास्कीका आनन्द केसी, प्रेम...

६ वटा माेबाइल बाेकेकाे भन्दै लोकमानलाई संसदीय सुनुवाइमा ल्याउन दबाब

२०७१ साउन २१ गते २:५०

काठमाण्डु, २१ साउन– संसद नभएको बेला राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएर नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदीय सुनुवाईमा ल्याउन लबिङ सुरु भएको छ । एकै देशमा दुई तरिकाका नियुक्ति हुने भएकाले एकरुपता कायम गर्न केही युवा सभासद्हरुले...

जुरेमा अर्को पहिरोको खतरा

२०७१ साउन २१ गते २:४०

सिन्धुपाल्चोक, २१ साउन– राम्चेमा फेरि अर्को पहिरो खस्ने सम्भावना देखिएको छ। जुरेको पहिलो क्षेत्रमा अनुसन्धान गरेको प्राविधिक टोलीले शनिबार बिहान परिहो खस्न सुरु गरेको राम्चे ९ चुल्ठेबाटै फेरि अर्को पहिरो जान सक्ने खतरा औंल्याएको हो । पहिरोका कारण राम्चे–५ उच्च जोखिममा रहेको छ ।...

प्रधानमन्त्रीले अबको साढे दुई महिना बालुवाटार नछाड्ने

२०७१ साउन २१ गते २:२८

काठमाण्डु, २१ साउन– प्रधानमन्त्री सुशील कोइरालाले केही समय आराम गर्ने भएका छन् । कमजोरी, खोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या देखिएपछि चिकित्सकले कोइरालालाई आराम गर्नु सुझाएका हुन् । कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने बताए । कोइरालाले सोमबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य...

मोदीलाई माला लगाउने बालिका सुरक्षा नियन्त्रणमा

२०७१ साउन २१ गते २:२५

काठाण्डु, २१ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै सुरक्षा घेरा पार गरेर फूलको मालापहिर्‍याउने एउटी बालिका सुरक्षाकर्मीको नियन्त्रणमा परेको खुलासा भएको छ । विमानस्थलबाट कडा र व्यवस्थित सुरक्षाका बीच मोदीलाई बौद्धस्थित हायातरिजेन्सी होटेल लगिएको थियो । नेपाल प्रहरीको बाहिरी सुरक्षा घेरा र त्यसपछि नेपाली...

दाइजो लिए /दिए विवाह नै बदर

२०७१ साउन २१ गते २:१८

काठमाण्डु, २१ साउन– दाइजो वा तिलक लिने वा दिने गरी भएको विवाह अब बदर हुने भएको छ। सरकारले ल्याएको सामाजिक सुधार विधेयकमा दाइजो लिएको वा दिएको विवाह नै बदर हुने कडा व्यवस्था गरेको हो। यसैगरी विधेयकमा विवाहमा नेपाल सरकारको सेवामा बहाल रहेको राष्ट्रसेवकलाई बाजावालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us