समाचार

चरी मारिएको विरोधमा राजधानीमा प्रदर्शन

२०७१ साउन २१ गते १४:५९

काठमाण्डु,  २१ साउन– प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विरोधमा उनका समर्थकले राजधानीमा प्रदर्शन गरेका छन् । चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याउँदै गरेको थाहा पाएपछि उनका समर्थक महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा जम्मा भएर विरोध...

प्रेमको नाटक गरी अपहरण गरेको आरोपमा गुण्डा नाइके गिरी पक्राउ

२०७१ साउन २१ गते १४:३४

ललितपुर, २१ साउन– प्रहरीले युवती प्रयोग गरेर अपहरण गरी रकम असुल्ने कार्यमा संलग्न गुण्डा नाइके अभिषेक गिरीसहति चारजनालाई मंगलबार ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर(१२ गिरी, उनकी प्रेमिका शारदा सिलवाल, झापा अनारमनी(९ का मिलन लिम्बु र झापाकै गौरादह(४ का राजु श्रेष्ठ रहेको...

जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट, लामा र लिम्बूलाई

२०७१ साउन २१ गते १४:०१

काठमाण्डु, २१ साउन– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१४ को घोषणा गरेको छ । फोनिजले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जनालाई पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ छ । यो वर्ष प्रताप...

नवौं महाधिवेशनको पुन: मतगणना हुनुपर्छ : नेपाल

२०७१ साउन २१ गते १३:४४

काठमाण्डु, २१ साउन– एमाले नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको पुनस् मतगणना हुनुपर्ने माग गरेका छन् । बानेश्वरस्थित अर्यालमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले त्यस्तो माग गरेका हुन् । गत जेठमा भएको महाधिवेशनमा नेपाल अध्यक्षमा केपी ओलीसँग पराजित भएका...

ढकालले भने , ‘कोइराला नभएकै कारण हटाइयो’

२०७१ साउन २१ गते १३:४३

काठमाण्डु , साउन २१ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइलाका निवर्तमान स्वकिय सचिव लक्ष्मण ढकालले आफू कोईराला नभएकै कारण गलहत्याइएको बताएका छन् । कोइरालाको छोरा नभएकै कारण आफूलाई बालुवाटारबाट अपमानजनक ढंगले हटाईएको ढकालले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै...

जुरे पहिरोबारे बामदवेले ढाँटे संसदलाई

२०७१ साउन २१ गते १३:४२

काठमाण्डु, २१ साउन– सरकारले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्रता दिएको दाबी गरेको छ । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री बाबदेव गौतमले सरकार कुनै कसर बाँकी राहत र उद्धारकार्यमा जुटेको दाबी गरेका हुन् । गृह मन्त्रालयका सह–सचिवको...

मोदी गएलगत्तै लक्ष्मण हटाउन किन दिए सिटौलाले सुशील ‘दा’ लाई दबाब ?

२०७१ साउन २१ गते १३:३७

काठमाण्डु, २१ साउन– प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबमा स्वकीय सचिवबाट हटाएको खुलासा भएको छ । श्रोतका अनुसार छिमेकी मुलक भारतप्रति ‘कडा रबैया’ अपनाउने गरेको भन्दै सिटौला ढकालसँग रुष्ट थिए । त्यति मात्र होइन, सिटौलाले आफूले सुशील भेट्न खोज्दा पटकपटक ढकालले विभिन्न...

प्रहरीको इन्काउण्टरमा मारिए गुण्डा नाइके चरी

२०७१ साउन २१ गते १२:११

काठमाण्डु, २१ साउन– मोष्ट वान्टेड सूचीमा रहेका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको इन्काउण्टरमा मारिएका छन् । उनी काठमाण्डुको भीमढुंगा–६ नर्सरी भञ्ज्याङमा बुधबार प्रहरीको जवाफी कारबाहीमा मारिएका हुन् । घटनामा गोली लागी एक प्रहरी जवानसमेत घाइते भएका छन् । महानगरीय प्रहरी अपराध महाशाखा...

ठग्दै हिड्ने झाँक्री पक्राउ

२०७१ साउन २१ गते ११:३९

चितवन, २१ साउन– आफूलाई झाँक्री भन्दै ठगी गरेको अवस्थामा भरतपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भरतपुर नगरपालिका–१२ निवासी २४ वर्षीय मनोजकुमार बुढाथोकी रहेका छन् । उनलाई स्थानीय भक्ति खड्काको छोरी सञ्जु खड्कालाई धामीझाँकी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...

कारबाही फिर्ता नभए केन्द्रीय समितिमा जाँदैनौं: भट्टराई पक्ष

२०७१ साउन २१ गते ११:३५

काठमाण्डु, २१ साउन– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले आफू पक्षधर नेतामाथि गरिएको कारबाही फिर्ता नभए केन्द्रीय समिति बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ । ललितपुरको सानेपास्थित नेता भट्टराई निवासमा मुधबार बसेको सो पक्षका नेताहरुले बैठकले कारबाही फिर्ता नभए बैठक बहिस्कार गर्ने निर्णय गरेको...

पूर्वकारागार नाइकेले कुटे कैदी

२०७१ साउन २१ गते ८:५४

पर्वत, २१ साउन – पर्वत जिल्ला कारागारमा गएराति कैदी बन्दीका बीचमा झडप हुँदा आठ घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । कारागारमा झडप हुँदा कैदीका नाइके आनन्द केसी, चौकीदार ज्ञानु पाइजा, प्रेम तामाङ, लीला खोर्जा, रत्न न्यौपाने, अमृत न्यौपाने र विक्रम...

असई भन्दै ठग्ने व्यक्ति पक्राउ

२०७१ साउन २१ गते ७:४३

अछाम, २१ साउन – राष्ट्रिय अनुसन्धानको असई भन्दै स्थानीयलाई ठग्दै हिँडेका एक व्यक्तिलाई अछाम प्रहरीले पक्राउ गरेको छ । बस्ती भेटघाटका क्रममा जिल्लाको दुर्गम गाविस कालेकाँडा–६ भनाकोट पुगेको प्रहरी टोलीले सुराकीका आधारमा कालिकोट कुमालगाउँ–४ का २८ वर्षीय राजबहादुर बुढालाई पक्राउ गरेको हो । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us