चितवन, २१ साउन– आफूलाई झाँक्री भन्दै ठगी गरेको अवस्थामा भरतपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भरतपुर नगरपालिका–१२ निवासी २४ वर्षीय मनोजकुमार बुढाथोकी रहेका छन् । उनलाई स्थानीय भक्ति खड्काको छोरी सञ्जु खड्कालाई धामीझाँकी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बुढाथोकीको साथबाट झाँक्री बस्दा अवश्यक पर्ने सामग्रीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर श्रेष्ठले जानकारी दिए ।