नवौं महाधिवेशनको पुन: मतगणना हुनुपर्छ : नेपाल

काठमाण्डु टुडे २०७१ साउन २१ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, २१ साउन– एमाले नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको पुनस् मतगणना हुनुपर्ने माग गरेका छन् ।

madhav kumar nepal बानेश्वरस्थित अर्यालमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले त्यस्तो माग गरेका हुन् ।

गत जेठमा भएको महाधिवेशनमा नेपाल अध्यक्षमा केपी ओलीसँग पराजित भएका थिए । ओली पक्षले चलाखीपूर्ण ढङ्गले मतपत्रमा कपट गरेको आरोप उनले आरोप लगाए ।

आफूले यसअघि नै हार स्वीकारेको भए पनि पार्टीभित्र पुनस् मतगणनाको माग उठेकाले मतगणना गर्नुपर्ने बताए । उनले पुन: मतगणनाको वातावरण बनाउन पार्टी नेतृत्व र निर्वाचन समितिको ध्यानाकर्षण गराए ।

उनले गडबढ नगरिएको भए पुन: मतगण्ना हुँदैमा कोही आत्तिनुनपर्ने उल्लेख गरे । ‘गडबढ नगरेको भए कोही डराउनुपर्दैन’, नेपालले भने, ‘मैले त हार स्वीकार गरेर केपीजीलाई फोन र विज्ञप्तिमार्फत् उतिबेलै बधार्इ दिएको हुँ । तर साथीहरुमा आशंका रहेकाले पुनस् मतगणना गर्दा फरक पर्दैन ।’
मतपत्र दुई कोलमको बनाउने सहमति भए पनि ओली पक्षले चार कोलमको मतपत्र छपाई गरेका कारण प्रतिनिधि अल्मलिएको दाबी गरे । मतपत्रमा आफूसमेत झुक्किएको उल्लेख गरे । मतपत्रमा गरिएको चलाखीका कारण जित्ने पक्का भएका आफ्नो पक्षका करिब ३० जनाले केन्द्रीय सदस्यमा पराजय ब्यहोरोको उनको भनाइ थियो ।

‘मानिसहरुले मतपत्रमा चलाखी गरेछन्’, नेपालले भने, ‘हामीले चलाखी बुझ्न सकेनौं, राजनीतिमा धेरै सोझो हुनुपनि काम रहेनछ ।’ मतपत्रमा गरिएको जालझेलकै कारण निर्वाचन जितेर बधाई समेत खाइसकेका सोभियत ढकाल र टेकबहादुर वाइवा पराजित भएको दाबी उनले गरे ।
नेता नेपालले निर्वाचनको धङधङबाट मुक्त भएर पार्टीलाई एकताबद्ध नबाएर लैजान अध्यक्ष ओलीलाई आग्रह गरे । कसैलाई काखा र कसैलाई पाखा नगरी क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिन माग गरे । पार्टी बलियो भए सबैको इज्जत र प्रतिष्ठा बढ्ने कुरा नभुल्न ओलीलाई भने ।

‘एमालेलाई एकताबद्ध बाएरु लैजाने जिम्मेवारी अध्यक्ष हो’, नेपाले भने, ‘निर्वाचनको धङधङबाट सबै मुक्त हुनुपर्छ, कसैलाई पाखा र कसैलाई पाखाको व्यवहार व्यवहार नहोस, क्षमता र योग्यताअनुसारको जिम्मेवारी सबैलाई दिइयोस् ।’
अध्यक्ष ओलीलाई सहयोगका हात बढाउन तयार रहेको भन्दै पार्टीलाई एकताबद्ध गरेर लैजाने ओलीको काँधमा रहेको बताए ।

‘महाधिवेशनले एमालेमा स्थायी धाँजा पर्‍यो । एमाले अब एकताबद्ध हुँदैन, जसले जिते पनि हार स्वीकार गर्दैन भन्ने चर्चा चलेको थियो । तर मैले एकताको हात बढाएको छु’, नेपालले भने । उनले प्यानल बनाएर निर्वाचन लड्नु गल्ती भएको र अब त्यस्तो गल्ती दोहोर्‍याउन नहुने बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us