काठमाण्डु, २१ साउन– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१४ को घोषणा गरेको छ ।
फोनिजले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जनालाई पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ छ । यो वर्ष प्रताप विष्ट (हेटौंडा), सन्चुकुमारी लामा (रेडियोमैत्री) र मिलन लिम्बू (एबीसी टेलिभिजन) लाई पुस्कृत गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
फोनिजको स्थापना दिवस तथा विश्व आदिवासी दिवसका दिन पारेर आगामी २७ साउनका दिन राजधानीमा हुने एक विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरिने फोनिजले जनाएको छ ।