प्रेमको नाटक गरी अपहरण गरेको आरोपमा गुण्डा नाइके गिरी पक्राउ

काठमाण्डु टुडे २०७१ साउन २१ गते १४:३४ मा प्रकाशित

ललितपुर, २१ साउन– प्रहरीले युवती प्रयोग गरेर अपहरण गरी रकम असुल्ने कार्यमा संलग्न गुण्डा नाइके अभिषेक गिरीसहति चारजनालाई abhishek-giriमंगलबार ललितपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर(१२ गिरी, उनकी प्रेमिका शारदा सिलवाल, झापा अनारमनी(९ का मिलन लिम्बु र झापाकै गौरादह(४ का राजु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
गिरीले योजनामा शारदालाई झुठो प्रेमको नाटक गर्न लगाएर एक साताअघि काठमाण्डु थानकोटका अच्युत रेग्मीलार्इ आफ्नो कोठामा बोलाएर अपहरण गरेको ललितपुर प्रहरीले जनाएको छ ।

रेग्मी पुगेलगत्तै गिरी समूहले कुटपिट गरी उनलाई बन्धक बनाएको थियो । उक्त समूहले रेग्मीका साथबाट सुनका गरगहनालगायतका सामान लुटेका थिए । रेग्मीलाई नाङ्गै बनाई केटीसँग अगालो मार्न लगाएर फोटो समेत खिचाएको प्रहरीले जनाएको छ ।

गिरी समूहले रेग्मीलाई ९ लाख रुपैयाँ लिएको जाली तमसुकमा हस्ताक्षर गराएर ५ घण्टापछि छाडेको थियो । उक्त समूहको साथबाट एउटा गाडी, एउटा स्कुटर, १ लाख ६७ हजार ६ सय नगद तथा रेग्मीको साथबाट लुटिएको सुन, घडी तथा कागजातसमेत बरामद गरेको छ । पक्राउ परेका चारैजनाविरुद्ध
अपहरण तथा शरीर बन्धक मुद्धामा कारबाही अघि बढाउने तयारी भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us