जुरे पहिरोबारे बामदवेले ढाँटे संसदलाई

काठमाण्डु टुडे २०७१ साउन २१ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, २१ साउन– सरकारले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्रता दिएको दाबी गरेको छ ।

bamdev
व्यवस्थापिका–संसदको बुधबारको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री बाबदेव गौतमले सरकार कुनै कसर बाँकी राहत र उद्धारकार्यमा जुटेको दाबी गरेका हुन् ।

गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट खडा गरी खोजी तथा उद्धारकार्य जारी राखेको उनको भनाइ थियो ।
गौतमले पहिरोमो पुरिएका घाइतेलाई काठमाण्डु ल्याएर निशुल्क उपचार तथा पहिरोबाट विस्थापितलाई अस्थायी शिविरमा राखेर खाना र औषधिको व्यवस्था मिलाइएको बताए ।
तर पीडितले भने सरकारले राहत तथा उद्धारमा ढिलासुस्ती गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सरकारले घाइतेको निशुल्क उपचार मिलाएको दाबी गर पनि रकम अभावमा बिरामीले उपहार सेवा पाउन सकेका छैनन् ।

काठमाण्डुको शिक्षण अस्पतालमा उपचार गराइरहेका १० जना र बीएण्ड बी अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तले सरकारको पत्र नआएको भन्दै अस्पतालले पैसा नभए उपचार नगर्ने बताएको गुनासो गरेका छन् ।

घटनास्थलमा हालसम्म ३३ जनाको शव प्राप्त भएको र अन्य १ सय २३ जना हराइरहेको उनले बताए । सभासदहरुले सरकारले पहिरो पीडिटको राहत र उद्धारमा चासो नदेखाएको भन्दै आपत्ति जनाएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले  मंगलबार जुरेको पछिल्लो अवस्थाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us