जुरेमा अर्को पहिरोको खतरा

काठमाण्डु टुडे २०७१ साउन २१ गते २:४० मा प्रकाशित

सिन्धुपाल्चोक, २१ साउन– राम्चेमा फेरि अर्को पहिरो खस्ने सम्भावना देखिएको छ।
जुरेको पहिलो क्षेत्रमा अनुसन्धान गरेको प्राविधिक टोलीले शनिबार बिहान परिहो खस्न सुरु गरेको राम्चे ९ चुल्ठेबाटै फेरि अर्को पहिरो जान सक्ने खतरा औंल्याएको हो ।
पहिरोका कारण राम्चे–५ उच्च जोखिममा रहेको छ । राक्चे–५ लाई थेगेको विशाल पहाड खसेपछि यो क्षेत्रमा पहिरोको जोखिम बढेको अनुसन्धान टोलीको निर्ष्कष छ । वर्षाका कारण पहिरो गए दुई गाउँका झण्डै १८ घर बगाउने खतरा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us