प्रधानमन्त्रीले अबको साढे दुई महिना बालुवाटार नछाड्ने

काठमाण्डु टुडे २०७१ साउन २१ गते २:२८ मा प्रकाशित

काठमाण्डु, २१ साउन– प्रधानमन्त्री सुशील कोइरालाले केही समय आराम गर्ने भएका छन् ।

Sushil-Koirala
कमजोरी, खोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या देखिएपछि चिकित्सकले कोइरालालाई आराम गर्नु सुझाएका हुन् ।
कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने बताए ।

कोइरालाले सोमबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यस क्रममा चिकित्सकले संक्रमणको उच्च जोखिमरहेको कम्तिमा साढे दुई महिनासम्म धपेडी नगर्न सुझाव दिएका थिए ।

कोइराला फोक्सोको क्यान्सरको अमेरिकामा उपचार गराएर गत महिना स्वदेश फर्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us