खनालले पनि हटाए स्वकीय सचिव

काठमाण्डु टुडे २०७१ साउन २१ गते ६:२७ मा प्रकाशित

काठमाण्डु, २१ साउन– संगोय नै मान्नुपर्छ प्रधनमन्त्री सुशील कोइरालाले स्वकीय सचिवबाट लक्ष्मण ढकाललाई बर्खास्त गरेकै दिन एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि स्वकीय सचिव रामबाबु अधिकारीलाई हटाएका छन् ।
खनालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई हटाएको जनाएका हुन् । अधिकारीमाथि पार्टी शक्तिको दुरुपयोग गरी नाजायाज फाइदा लिएको आरोप लागेको छ । तर खनालको विज्ञप्तिमा भने उक्त कुरा उल्लेख गरिएको छैन ।

‘महाधिवेशनपछिको नयाँ परिस्थितिमा लामो समयदेखि मेरो पीएका का रुपमा कार्यरत श्रीरामबाबु अधिकारीलाई उहाँको सेवाबापत धन्यवाद दिँदै कामबाट अवकाश दिएको छु’, विज्ञप्तिमा खनालले भनेका छन् ।

अधिकारीको ठाउँमा खनालले आफ्नै गृहजिल्ला इलामका कृष्ण भट्टराईलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

rambabu

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us