पर्वत कारागारमा कैदीका दुई समूहबीच झडप, सात घाइते

काठमाण्डु टुडे २०७१ साउन २१ गते ३:३९ मा प्रकाशित

पर्वत, २१ साउन – पर्वत कारागारमा कैदीबन्दीहरुको दुई समूहबीच गएराति झडप भएको छ ।
भडपमा सातजना घाइेत भएका छन् । उनीहरुमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पर्वत टकलाकका अमृत न्यौपाने, रत्नराज न्यौपाने, लेखफाँटका विक्रम सुवेदी, कास्कीका आनन्द केसी, प्रेम तामाङर लिलाबहादुर खोर्जा तथा तनहुँका रामबहादुर पाइजामगर छन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि
खोर्जा र केसीलाई थप उपचारका लागी पोखरा लगिएको छ । अन्यको जिल्ला अस्पतालमै उपचार भइहेको छ । मंगलबार राति ८ बजेको समयमा भएको झडपबारे छानबिन भइरहको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us