काठमाण्डु , २० साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ५ डीनसहित १४ पदाधिकारीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।
निलम्बनमा परेका पदाधिकारीहरुले विश्वबिद्यालयको भौतिक पूर्वाधार निर्माण, खरिदप्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ती र विश्वबिद्यालयको कोष सञ्चालमा भ्रष्टाचार गरेको अख्तियार स्रोतले बताएको छ ।
मानविकी तथा सामाजिक संकायका डिन पिताम्बर ढकाल, व्यवस्थापन संकायका डिन मस्तबहादुर गरम्जा, विज्ञा तथा प्रविधि संकायका डिन केशर सिंह, ईन्जिनियर संकायका डिन रामचन्द्र अर्याल, शिक्षा विज्ञान संकाय डिन लालमणी आचार्यलाई निलम्बन गर्न अख्तियारले आदेश दिएको छ ।
त्यसैगरी, विश्वबिद्यालयका लेखा नियन्त्रक कमल केसी, सहायक प्रशासक गगन सिंहबोहरा, उपप्राध्यापक गणेशबहादुर रावत, अनुगमन अधिकृत पारसराम गिरी, वरिष्ठ सहायक गणेशबहादुर केसी, प्राध्यापक सुधन गौली, वरिष्ठ सहायक जीवनकुमार थापा, ईन्जिनियर महेश शर्मा, वरिष्ठ सहायक सत्या थापालाई समेत निलम्बनको उजुरी दिइएको अख्तियारले जनाएको छ ।
उनीहरु पदमा भइरहँदा आफूविरुद्धका प्रमाण नष्ट गर्न सक्ने भएकाले निलम्बनको आदेश दिइएको अख्तियारले जनाएको छ ।