आफनै घरमा आगो लगाउँदा मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २० गते ११:१२ मा प्रकाशित

दाङ , २० साउन – श्रीमतीसंग विवाद गरी आफनै घरमा आगजनी गर्दा रामपुर–२ बस्ने ४५ बर्षीय भिमबहादुर रावतको जलेर मृत्यु भएको छ ।

उनले मङ्गबार श्रीमतीसंग सामान्य विवाद गरी आफु घर भित्र बसी आगो लगाउदा जलेर घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us