काठमाण्डु, २६ साउन – नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले दिनेश अधिकारी ‘चरी’ मारिएको घटनामा गृहमन्त्री वामदेव गौतमले प्रहरीद्वारा तयार पारिएको प्रतिवेदन संसदमा पढेर चरी मारिएको घटनाबारे जनतालाई भ्रममा पारेको आरोप लगाए । प्रहरीले व्यक्तिगत रिसइवीका कारण चरीलार्इ मारिएको आरोप उनले लगाए । यो...
काठमाण्डु, २६ साउन – प्रहरीको ‘क्रस फायरिङ’मा मारिएका डन दिनेश अधिकारी ‘चरी’को प्रेमिका खुश्बु ओलीले प्रेमी चरीको पैसाले घर किनेको पुष्टि गरेर देखाउन चुनौती दिएकी छिन् । सोमबार विभिन्न दैनिक पत्रिकामा छापिएका ‘चरीको प्रेमिका खुश्बुको घर प्रहरी छानबिनमा’ भन्ने समाचारको खण्डन गर्दै यस्तो बताएकी...
काठमाण्डु, २६ साउन– प्रहरी ‘मुठभेड’मा मारिएका गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तहरूको सम्पत्ति प्रहरीले छानबिन गर्ने भएको छ । उनकी प्रेमिका खुस्बु ओलीको नाममा अधिकारीले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन थालेको छ । खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको...
कञ्चनपुर, २६ साउन – कञ्चनपुरको ऐरीमा बलात्कृत भएकी भनिएकी बालिकाले दिएको मुद्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दर्ता नगरेको आरोप लगाइएको छ । महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगरको संरक्षणमा रहेकी पीडित बालिकाले दिएको उजुरी प्रहरीले दर्ता नगरेको केन्द्रका अध्यक्ष शारदा चन्दले बताइन् । उनले...
इलाम, श्रावण २६ – इलाम नगरपालिकास्थित बसपार्कमा मध्यरातमा बसभित्रै अनुचित क्रियाकलाप गर्दै गरेका सात किशोरकिशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसपार्कमा पार्किङ गरी राखिएको एउटा बसभित्र तीन किशोर र चार किशोरीलाई मध्यरातमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनुपमशमशेर राणाले बताए । नियन्त्रणमा लिइएका किशोरीहरु...
काठमाण्डु, २६ साउन– भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको शवलाई आज काठमाण्डु ल्याईदैछ । श्रेष्ठको अन्त्येष्टिको सम्पूर्ण खर्च भने चलचित्र विकास बोर्डले ब्यहोर्ने भएको छ । श्रेष्ठको पार्थिव शरीरको सम्मानका साथ अन्त्येष्टि गरिने र खर्च बोर्डले ब्यहोर्ने बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वेताले...
नुवाकोट, २६ साउन – बाख्रा गोठालो गएका चारघरेका एक बालक देवीघाट जलविद्युत् केन्द्रको नहरमा डुबेर बेपत्ता भएका छन् । चारघरे गाविस–५ गौरीबेसीका रामचन्द्र रिमालका नौ वर्षीय छोरा रविन हिजो साँझ नहरमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गौरीवेसी हुँदै लगिएको जलविद्युत् केन्द्रको...
खलंगा, २६ साउन– रुकुमको स्यार्पु तालमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको बाफिकोट–७ खारखोलाकी १० वर्षीया युरिका विक तालमा डुबेर बेपत्ता भएकी हुन् । जनैपूर्णिका दिन आइतबार स्कुल बिदा भएपछि साथीहरुसँग पौडी खेल्न गएकी विक दिउँसो २ बजेतिर डुबेर बेपत्ता भएको पहरीले...
अछाम, २६ साउन– अछामको बिन्नेवासनीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बिन्नेवासनी-४ का ५५ वर्षीय नरबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि बयालपाटा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ...
काठमाण्डु, २६ साउन– नेकपा एमालेको मंगलबारबाट हुने दोस्रो केन्द्रीय कमिटि बैठकले स्थायी कमिटि र पोलिटब्युरो गठन, विभाग तथा भूगोलको कमिटिमा इन्चार्जको जिम्मेवारी निर्धारण गर्ने भएको छ । बैठकको निर्णयसँग नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको पनि पार्टी संचालनको परीक्षा सुरु हुने छ । एमाले सचिव...
काठमाण्डु, २६ साउन– संविधानसभाको संवैधानिक राजनीतिक तथा संवाद समितिमातहतको प्रारम्भिक वार्ता उपसमितिले आज तराईमा सशस्त्र संघर्षरत थप एक समूहसँग आज वार्ता गर्दैछ । समतिले आज जयप्रकाश यादव नेतृत्वको ‘भाइरस किलर’ सँग जनकपुरमा वार्ता गर्न लागेको हो । समितिले यसअघि आइबतार संजय गुप्ता नेतृत्वको संयुक्त...
काठमाण्डु, २६ साउन– पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट तत्काल नेपाल नफर्कने भएका छन् । अहिलेसम्म स्टुडेन्ट भिसामा बस्दै आएका उनले अब बिजनेस भिसा अप्लाई गरेका छन् । आगामी बुधबार पारसको बिजनेस भिसा लाग्ने उनका सहयोगीले जानकारी दिएका छन् । पासरको स्टुडेन्ट भिसाको म्याद २१ साउनमा...