कालिकोट, २७ साउन – कालिकोटबाट एकैचोटि सचिवहरु बाहिरिँदा सेवाग्राहीलाई समस्या भएको छ । छाप्रे, चिल्खाया, धौलागोह, सुकाटिया, राँचुलीलगायतका ११ वटा गाविसका सचिवहरु सदरमुकाममा नरहेको बताइएको छ । तीस गाविस रहेको यस जिल्लामा पछिल्लो समयमा ११ जना सचिव एकै समयमा बाहिर जाँदा समस्या आएको हो...
काठमाण्डृु, २७ साउन– प्रधानमन्त्री सुशील कोइरालाले मुलुक गम्भीर संक्रमणकालीन अवस्थामा रहेकाले सरकार त्यसलाई विचार गरेर काम गरिरहेको बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले काम गरिरहेको भए पनि अनावश्यक टिकाटिप्पणी भइरहेको भन्दै आफूले...
धनुषा, २७ साउन – धनुषामा एक भारतीय नागरिकको अज्ञात समूहले चलाएको गोली लागेर मृत्यु भएको छ । मंगलवार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर भारतको मधुवनी खजौलीका सुवास यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दुई दिन पहिला धनुषाको सखुवास्थित बहिनीसँग राखी बाँध्न...
काठमाण्डु, २७ साउन– प्रहरीले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ का परिवारले उनको हत्या भएको आरोपमा दिन खोजेको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दिन गएका उनका आफन्तलाई प्रहरीले फर्काइदिएको हो । चरीका दाजु ध्रुव अधिकारीले प्रहरीले...
सिन्धुपाल्चोक, २७ साउन – सिन्धुपाल्चोक जुरेमा गएको पहिरोबाट थुनिएको सुनकोशी खोल्न नसक्दा अरनिको राजमार्ग बन्द भएको मौका छोपेर कृत्रिम अभाव खडा गरी कालोबजारी बढ्दै गएको छ । ५८ हजार स्थानीय र पर्यटकहरु सो मारमा परेका हुन् । प्रमुख व्यापारीक केन्द्र बार्हविसेदेखि तातोपानीसम्म मनपरी गर्ने...
काठमाण्डु, २७ साउन– संसदहरुको एक दिनको तलब सिन्धुपाल्चोकसहित मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो प्रभावितको राहत तथा उद्धारमा खर्च गरिने भएको छ । व्यवस्थापिका–संसदको कार्यव्यवस्था पराशर्म समितिको मंगलबारको बैठकले प्रतिसभासद एक दिनको तलब कट्टा गरी बाढी पहिरो पीडितका लागि केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई उपलब्ध...
काठमाण्डु, २७ साउन– युवती अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको ज्ञानेश्वरबाट २० वर्षीया सुशीला लामालाई अपहरण गरी अनामनगरतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्रेको हो । युवती अपहरणमा परेको खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोली खटिएको थियो...
गुल्मी, २७ साउन – गुल्मीमा ६० वर्षीया वृद्धालाई बलात्कारपछि एक व्यक्तिले मारिदिएका छन् । ठूलोलुम्पेक गाविस १ घर भई अर्बेनी – २ मा अस्थायी बसोवास गर्दै आएका ४० वर्षीय देवबहादुर थापाले हर्मिचौर गाविस ३, तल्लोपोखरा निवासी देउरुपा सापकोटाको बलात्कार पछि हत्या गरेका हुन् ।...
काठमाण्डु, २७ साउन– गुण्डा नाइकेका रुपमा कुख्याती कमाएका दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएपछि राजधानीमा ‘डन’ का नाममा आतंक मच्चाउनेहरुको भागाभाग मच्चिएको छ । चरी मारिएलगत्तै कसुर बाँकी नरहे/नरहेका डन तथा ‘टोलेदादा’ हरुको भागाभाग भएको हो । डान्सबारको बाउन्सरदेखि रक्तचन्दन ओसापसारमा दख्लल राखी नामसंगै...
काठमाण्डु, २७ साउन– सत्तारुढ एमाले र काँग्रेसभित्रकै असन्तुष्ट पक्षले राष्ट्रपति र उपराष्ट्रपति अनुमोदनको बहस चर्काएकामा राष्ट्रपति रामवरण यादव आक्रोशित बनेका छन् । अस्वस्थ रहेका प्रधानमन्त्री सुशील कोइरालालाई शीतल निवास बोलाएर राष्ट्रपतिले त्यस विषयमा गम्भीर आपत्ति जनाएका हुन् । स्रोतका अनुसार यादवले सरकार गठनअघि भएको...
काठमाण्डु, २७ साउन– गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ को प्रहरी कारबाहीमा ज्यान गएको विषयलाई लिएर एमालेले आज संसद तताउने भएको छ । आफ्नो पार्टीको धादिङ क्षेत्र नम्बर–२ का पूर्वउपाध्क्षसमेत रहेका चरीको मृत्युबारे आज संसदमा हंगामा मच्चाउने भएका हुन् । खास गरी धादिङका सभासदहरु...
काठमाण्डु, २७ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ का परिवारले उनको हत्या भएको आरोपमा किटानी जाहेरी दिने भएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकामा आज उजुरी दिन लागिएको उनका दाजु ध्रुव अधिकारीले काठमाण्डु टुडेलाई जानकारी दिए । चरीका परिवारको एक...