भारतीय नागरिकको गोली हानी हत्या

काठमाण्डु टुडे २०७१ साउन २७ गते ९:१२ मा प्रकाशित

धनुषा, २७ साउन – धनुषामा एक भारतीय नागरिकको अज्ञात समूहले चलाएको गोली लागेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर भारतको मधुवनी खजौलीका सुवास यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी दुई दिन पहिला धनुषाको सखुवास्थित बहिनीसँग राखी बाँध्न आएका थिए । मोटरसाइकलमा भारततर्फ फर्किएका उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको समूहले गोली हानेको थियो ।

उनलाई स्थानीयले उद्धार गरी तत्काल जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

आक्रमणकारीले सुवास चढेको मोटरसाइकल समेत लुटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us