काठमाण्डु, २७ साउन– युवती अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको ज्ञानेश्वरबाट २० वर्षीया सुशीला लामालाई अपहरण गरी अनामनगरतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्रेको हो । युवती अपहरणमा परेको खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोली खटिएको थियो ।
पक्राउ पर्नेमा
ग्याल्जेन लामा, सुमन लामा र हरि विश्वकर्मा रहेको सिंहदरबार प्रहरीका नायब उपरीक्षक होमेन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका तीनैजनालाई प्रहरी वृत्त सिहदरबारमा राखी अनुसन्धान थालिएको छ ।