सभासदको एक दिनको तलब बाढी पीडितलाई

काठमाण्डु टुडे २०७१ साउन २७ गते ७:४३ मा प्रकाशित

काठमाण्डु, २७ साउन– संसदहरुको एक दिनको तलब सिन्धुपाल्चोकसहित मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो प्रभावितको राहत तथा उद्धारमा खर्च गरिने भएको छ ।
व्यवस्थापिका–संसदको कार्यव्यवस्था पराशर्म समितिको मंगलबारको बैठकले प्रतिसभासद एक दिनको तलब कट्टा गरी बाढी पहिरो पीडितका लागि केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

सभासदको एक दिनको तलब करिब १४ सय हुन आउँछ । कुल ६ सय १ मध्ये मन्त्रिपरिषद्ले २६ जनाको मनोनयन गर्न बाँकी रहेका कारण संविधानसभामा हाल ५ सय ७५ सभासद् छन् । उनीहरुबाट एक दिनमा करिब ८ लाख रुपैयाँ संकलन हुने समिति सदस्य काँग्रेस सभासद धनराज गुरुङले जानकारी दिए ।
सिन्धुपाल्चोकको माङखा जुरे र संखुवासभामा गएको पहिरोमा पुरिएर एक सय ६५ जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us