बाढी प्रभावित क्षेत्रमा कालोबजारी

काठमाण्डु टुडे २०७१ साउन २७ गते ८:५६ मा प्रकाशित

सिन्धुपाल्चोक, २७ साउन – सिन्धुपाल्चोक जुरेमा गएको पहिरोबाट थुनिएको सुनकोशी खोल्न नसक्दा अरनिको राजमार्ग बन्द भएको मौका छोपेर कृत्रिम अभाव खडा गरी कालोबजारी बढ्दै गएको छ ।

pahiro५८ हजार स्थानीय र पर्यटकहरु सो मारमा परेका हुन् । प्रमुख व्यापारीक केन्द्र बार्‍हविसेदेखि तातोपानीसम्म मनपरी गर्ने व्यापारीहरु बढेका छन् ।

गाडी भाडा, दैनिक उपभोग्य वस्तुमा तीन गुणासम्म बढि रकम लिइरहेका छन् । गाडी नचलेको मौकामा भरीयाले ३० केजी सामानको २ हजारसम्म लिने गरेको एक स्थानीयले बताए ।

बार्‍हविसे–तातोपानीको भाडा ७५ रुपैयाँ रहेकोमा अहिले एक हजार लिने गरेको पीडित यात्रुले दु:खेसो पोखे ।

बाटोमा बेच्न राखिएका फास्टफुडलाई तीन गुणा बढि लिने गरेको पर्यटकले बताए । बार्‍हबिसे प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयश्वर रिमालले भने– ‘हामीले रोक्ने प्रयास गरेका छौं । तर कतै –कतै यस्तो भएको स्वीकार्छौ ।’

सरोकारवाला निकायले ठोस कदम नचाल्ने हो भने महङगी थेग्न नसकेर सर्वसाधारण भोकभोकै बस्नुपर्ने दिन आउने पीडितहरुले गुनासो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us