समाचार

पाल्पामा झाडावान्ताको प्रकोप

२०७१ साउन २८ गते २:४०

तानसेन, २८ साउन– पाल्पाको सिद्धेश्वर गाविसमा फैलिएको झाडा वान्ताको प्रकोप नियन्त्रणबाहिर गएको छ । चारदिन अघिदेखि सुरु भएको झाडा वान्ताले सिद्धेश्वर वडा नम्बर–४ र ५ का ४० घरपरिवारका ८० भन्दा बढी बिरामी छन् । उनीहरुको स्थानीय मेडिकल र घरमै स्लाइन दिएर उपचार भइरहेको छ...

एआईजीको बढुवा रोकिँदा प्रहरीका ११ अधिकृतको अवकाश

२०७१ साउन २८ गते २:१६

काठमाण्डु, २८ साउन –नेपाल प्रहरीमा रिक्त सात एआर्इजी पदको बढुवा रोकिँदा ११ जना प्रहरी अधिकृतले समयअगावै अवकाश पाएका छन् । चाँडै बढुवा निर्णय नभए अहिले एआर्इजीको दज्र्यानी चिन्ह लगाउने दिन कुरिरहेका सहित १२ डीआईजीले पनि अवकाश पाउने छन् । प्रहरी नियमावलीअनुसार प्रहरी इन्सपेक्टरले ५३...

सक्कली प्रहरीको सम्मेलनमा नक्कली प्रहरी

२०७१ साउन २८ गते २:०९

काठमाण्डु, २८ साउन– प्रहरीसम्बन्धी अन्तर्राष्ट्रिय सक्कली सम्मेलनमा नक्कली प्रहरी सहभागी भएका छन् । प्रहरीको नक्कली कागजपत्र बनाएर सम्मेलनमा भाग लिएका गोरखाका किशोर थापा पक्राउ परेका छन् । नयाँबजारमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थापा आफूसहित ६ जनालाई प्रहरी अधिकारी बनाएर गत ९ जेठमा बेल्जियम लागेका...

नेता छाडा भएपछि एमालेमा अपशब्द बोल्न रोक

२०७१ साउन २८ गते १:५३

काठमाण्डु, २८ साउन– एमाले केन्द्रीय कमिटीले अर्मयादित र अपशब्द प्रयोग गर्न रोक लगाउने आचारसंहिता तयार पारेको छ । केन्द्रीय कमिटीको मंगलबारको बैठकमा वितरित  बैठक सञ्चालन आचारसंहितामा अपशब्द प्रयोग गर्न नपाइने उल्लेख छ । नवौं महाधिवेशनबाट एक सय ५९ सदस्यीय केन्द्रीय कमिटि गठन भएको सन्दर्भमा...

प्रेमिकाले धोका दिएको भन्दै अपहरण गर्दा प्रहरी खोरमा

२०७१ साउन २८ गते १:४८

काठमाण्डु, २८ साउन– प्रेमिका भन्दै अपहरण शैलीमा एक युवतीलाई काभ्रेको दोलालघाट लान खोज्ने तीन युवक प्रहरी फन्दामा परेका छन् । उनीहरुले मंगलबार ज्ञानेश्वरबाट धादिङकी सुशीला लामालाई ट्याक्सीमा राखेर जबर्जस्ती लान खोज्दा अनामनगर हनुमानथानमा स्थानीयको सहयोगमा प्रहरीले समातेको हो । काभ्रे मदनकुडारीका सुमन लामाले साथीहरुको...

सुशीलले बामदेवका अगाडि भने, ‘मोदीलाई कुरा लगाइदिन्छु’

२०७१ साउन २८ गते १:४०

काठमाण्डु, २८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुई देशलाई पारस्परिक फाइदा हुने गरी जलविद्युतसम्बन्धी पिटिए र पिडिए सम्झौता गर्ने कुरा थियो । तर त्यसले मूर्तरुप लिन पाएन । यसनिम्ति सत्ता साझेदार एमालेलाई दोषी देखाइयो तर के वास्तवमै कांग्रेस आफैं चाहिँ यस निम्ति...

एमालेमा बराबर मत ल्याउने चारैजना केन्द्रीय सदस्य

२०७१ साउन २७ गते १४:४०

काठमाण्डु, २७ साउन एमालेले नवौं महाधिवेशनमा बराबरी मत ल्पाएका चारै नेतालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । महाधिवेशनपछि मंगलबार सुरु भएको दोश्रो केन्द्रीय समिति बैठकले उनीहरुलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो । गत जेठ अन्तिम साता सम्पन्न नवौं महाधिवेशनमा निर्वाचनमा खुलातर्फ नागेन्द्र चौधरी...

प्रअले कुट्दा विद्यार्थी रगतपच्छे

२०७१ साउन २७ गते १२:५१

दाङ, २७ साउन – सल्यानको कालिमाटी गाविसमा सञ्चालित बोर्डिङका प्रध्यानाध्याक (प्रअ)ले विद्यार्थीलाई कुटपिट गरि  रगतपच्छे बनाएका छन् । कक्षाकोठामा धेरै हल्ला गरेको भन्दै कालीमाटी इंग्लिस बोर्डिङ्गका प्रअ भक्तबहादुर पुनले कक्षा २ मा अध्ययनरत छात्र इमन वलीलाइ कुट्दा मुख र जिब्रोमा चोट पुगेको छ । कक्षामा...

एमाले केन्द्रीय कमिटीमा चरी प्रकरणले महत्व पाएन

२०७१ साउन २७ गते ११:४७

काठमाण्डु, २७ साउन – नेकपा एमाले केन्द्रीय कमिटी बैठकले डन दिनेश अधिकारी ‘चरी’ प्रकरणले महत्व पाएन। केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक मंगलबार पार्टी मुख्यालय बल्खुमा बसेको थियो । बैठकले नायक श्रीकृष्ण श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ र तर...

गाविस सचिवको लापरबाहीले शव विदेशमा अलपत्र

२०७१ साउन २७ गते ११:२२

 महोत्तरी, २७ साउन – गाविस सचिवको लापरबाहीका कारण महोत्तरीको सिमरदही गाविसका एक युवकको शव विदेशमा अलपत्र परेको छ ।सिमरदही गाविसका सचिव गुलाव चौधरीले मृतक युवक सिमरदही गाविस-२ बस्ने ३१ वर्षीय महेश मण्डलको नाउँमा मृत्यु दर्ता प्रमाणपत्र नबनाइदिँदा उनको शव खाडी मुलुक साउदी अरबमा अलपत्र...

वन अधिकृतले रुखमा झुन्डिएर आत्महत्या गरे

२०७१ साउन २७ गते ९:४७

चितवन, २७ साउन – चितवनका सहायक वन अधिकृतले यहाँको रामनगरस्थित जङ्गलमा आत्महत्या गरेका छन् । भरतपुर–१० निवासी सहायक वन अधिकृत ४४ वर्षीय रविप्रसाद तिमिल्सिनाले आत्महत्या गरेको चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । भरतपुर नगरपालिका–१ स्थित सतनचुली सामुदायिक वनभित्र रूखमा झुन्डिएको...

मलेसियामा नेपाली अपहरण गरेर फिरौती लिने चितवनमा पक्राउ

२०७१ साउन २७ गते ९:४५

काठमाण्डु, २७ साउन– मलेसियामा नेपाली अपहरण गरी फिरौती लिने तनहुँ पुर्कोट–५ का कमलबहादुर गौलीलार्इ प्रहरीले पक्राउ गरेको छ । गौलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ टोलीले चितवनको सौराहाबाट पक्राउ गरेको हो । गौलीमाथि रोजगारीका लागि मलेसिया पुगेका भक्तपुरमा रामप्रसाद नेपाललार्इ गत जेठ ४ गते...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us