काठमाण्डु, २७ साउन– मलेसियामा नेपाली अपहरण गरी फिरौती लिने तनहुँ पुर्कोट–५ का कमलबहादुर गौलीलार्इ प्रहरीले पक्राउ गरेको छ ।
गौलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ टोलीले चितवनको सौराहाबाट पक्राउ गरेको हो । गौलीमाथि रोजगारीका लागि मलेसिया पुगेका भक्तपुरमा रामप्रसाद नेपाललार्इ गत जेठ ४ गते कोताराया भन्ने स्थानबाट अपहरण गरको आरोप छ ।
नेपाललाई जोहरबारूको जंगल क्षेत्रमा राखेर ५ दिनसम्म बन्धक बनाएको आरोप प्रहरीको छ ।
अपहरणकारीले नेपालका परिवारलार्इ टेलिफोन फोन गरी ६५ लाख फिरौती मागेका थिए । तर दुई पक्षबीच ३० लाखमा कुरा मिलेको थियो । नेपाल फर्केपछि रामप्रसादै उजुरीका आधारमा प्रहरीले गौलीलार्इ पक्राउ गरेको हो ।