दाङ, २७ साउन – सल्यानको कालिमाटी गाविसमा सञ्चालित बोर्डिङका प्रध्यानाध्याक (प्रअ)ले विद्यार्थीलाई कुटपिट गरि रगतपच्छे बनाएका छन् ।
कक्षाकोठामा धेरै हल्ला गरेको भन्दै कालीमाटी इंग्लिस बोर्डिङ्गका प्रअ भक्तबहादुर पुनले कक्षा २ मा अध्ययनरत छात्र इमन वलीलाइ कुट्दा मुख र जिब्रोमा चोट पुगेको छ ।
कक्षामा धेरै बोलेको र गृहकार्य नगरेको भन्दै छात्रमाथि कुटपिट गर्दाजिब्रो च्यातिएको छात्रका काका सन्त वलीले जानकारी दिए ।
९ वर्षिया छात्रको स्थानीय मेडिकलमा सामान्यउपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।
विद्यार्थीमाथि कुटपिट र दुववर््यहार गर्ने प्रअका विरुद्द कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बसन्त वलीले जानकारी दिए ।
यता विद्यालयका प्रअ पुनले आफूले गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने भन्दै पिडित परिवारसँग माफी मागेका छन् ।