काठमाण्डु, २७ साउन एमालेले नवौं महाधिवेशनमा बराबरी मत ल्पाएका चारै नेतालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

महाधिवेशनपछि मंगलबार सुरु भएको दोश्रो केन्द्रीय समिति बैठकले उनीहरुलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
गत जेठ अन्तिम साता सम्पन्न नवौं महाधिवेशनमा निर्वाचनमा खुलातर्फ नागेन्द्र चौधरी र खिमलाल भट्टराईले ९ सय ८६ तथा मुस्लिम कोटातर्फ मोहम्मद महफुज अन्सारी र सिराज अहमद अन्सारीले ९ सय ६४ मत मत हासिल गरेका थिए ।
निर्वाचन प्रक्रियाअनुसार, बराबर मत ल्याउने सदस्यहरुबीच गोला प्रथामार्फत टुंगो लगाउनुपर्ने हो । तर मनोनित गर्ने केन्द्रीय सदस्यबाट मिलाउने गरी चारैजनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए ।