एमाले केन्द्रीय कमिटीमा चरी प्रकरणले महत्व पाएन

काठमाण्डु टुडे २०७१ साउन २७ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, २७ साउन – नेकपा एमाले केन्द्रीय कमिटी बैठकले डन दिनेश अधिकारी ‘चरी’ प्रकरणले महत्व पाएन।

balkhuकेपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक मंगलबार पार्टी मुख्यालय बल्खुमा बसेको थियो ।

बैठकले नायक श्रीकृष्ण श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ र तर चरीबारे केही बोलेको छैन । ‘चरी भन्ने शब्द नै कसैले उच्चारण नै गरेनन् र छलफल पनि भएन’ एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेलाई जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले चरीको षड्यन्त्रमुलक र सुनियोजित हत्या भएको भन्दै छानविन हुनु पर्ने आश्वासन दिएका थिए भने एमाले सभासदहरुले संसदमा प्रहरी संगठित अपराधको नाइके हो चन्दै हंगामा मच्चाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us