काठमाण्डु, २८ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिने दिनेश अधिकारी ‘चरी’ को गैरन्यायिक हत्या भएको दाबीसहित राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । चरीका परिवारले उनलाई पक्राउपछि सुनियोजित रुपमा हत्या गरिएको दाबी गर्दै बुधबार आयोगमा उजुरी दिएको हो । उजुरीमा चरीलाई पक्राउको आदेश...
काठमाण्डु, २८ साउन– प्रहरी मुठभेडमा मारिएका डन भनिने दिनेश अधिकारी ‘चरी’ का परिवारले नेपाल बार एशोसिएसनसँग कानुनी सहायता मागेको छ । चरीका दाजु ध्रुव अधिकारीसहितका पारिवारिक सदस्यले बुधबार बार अध्यक्ष हरिकृष्ण कार्कीलाई भेटी सहायताका लागि अनुरोध गरेका हुन् । अधिकारीले बारमा अनुरोध पत्र दर्ता...
काठमाण्डु, २८ साउन– भावी संविधानका महत्वपूर्ण अन्तरवस्तुमा सहमति जुटाउने प्रयासमा मुख्य तीन दलबीच शीर्षतहमा छलफल सुरु भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको पहलमा मंगलबार काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक बसेको हो । सिंहदरबारमा बसेको बैठकमा...
काठमाण्डु, २८ साउन – स्वास्थ्यमन्त्री खगराज अधिकारीले अफ्रिकी मुलुकहरुमा महामारीका रुपमा फैलिएको इबोला भाइरस नियन्त्रणका लागि सरकारले सबै संयन्त्र प्रयोग गरिसकेको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा बुधवार भएको कार्यक्रममा अधिकारीले पश्चिम अफ्रिबाट विश्वभर फैलिएको उक्त रोगको प्रभाव नेपालमा पनि पर्ने भएकाले सरकारले यसको...
काठमाण्डु, २८ साउन– पार्टी विवाद तत्कालका लागि साम्य भएको भनिएकै भोलिपल्ट एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नयाँ शक्तिको ‘फर्मुला’ सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ शक्तिको फर्मुला पाँच ‘स’ अघि सारेका छन् । उनले ‘स’ अर्थात शान्ति, संविधान, सुशासन, समृद्धि र...
काठमाण्डु, १८ साउन– नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा दोश्रो दिन बुधबार पनि दस्तावेजमाथिको छलफल सुरु हुन सकेन । केन्द्रीय सदस्यहरुलाई दस्तावेज अध्ययनका लागि दिन ढिलाइ भएका कारण छलफल हुन नसकेको हो । सचिव योगेश भट्टराईले बुधबारको बैठकमा विभिन्न दस्तावेज अध्यनाका लागि सदस्यहरुलाई उपलब्ध...
काठमाण्डु, २८ साउन- दलहरुबीच भागबण्डामा कुरा मिलेपछि व्यवस्थापिका–संसद् अन्तर्गतका संसदीय समितिले नेतृत्व पाउने भएका छन् । दलीय भागबण्डामा कुरा नमिल्दा संसदअन्तर्गतका समितिहरुको बैठकमा लामो समयदेखि ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै आएका छन् । ११ वटा विषयगत समितिमध्ये सार्वजनिक लेखा समितिले मात्र नेतृत्व पाएको छ ।...
काठमाण्डु, २८ साउन– प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थालाई लिएर कुटनीतिक क्षेत्रले समेत चासो देखाउन थालेको छ । कोइरालालाई बुधबार बिहान सरकारी निवास बालुवाटारमा भेटेर नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले उनको स्वास्थ्यबारे चासो राखेका हुन् । भेटमा राजदूत चुन्ताइले कोइरालाको स्वास्थ्य अवस्थाबारे चासो राख्दै...
विराटनगर, २८ साउन– प्रहरीले विराटनगर उपमहानगरपालिका(२१ रानी भन्सार नाकाबाट लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सीमावर्ती भारतीय बजार जोगवानीबाट लागुऔषधसहित नेपालतर्फ आउँदै गरेको अवस्थामा सुनसरी धरान(१९ बस्ने ३३ वर्षीय तिलक थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले...
काठमाण्डु, २८ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारमाथि छानबिन अघि बढाउँदै प्रधानमन्त्री सुशील कोइराला, शान्ति मन्त्रालयको नेतृत्व गर्ने पहिलो मन्त्री कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहित शान्ति तथा पुननिर्माणमन्त्री नरहरि आचार्यसम्मलाई अनुसन्धानको दायरामा तानेको छ । शान्ति तथा पुननिर्माण मन्त्रालय गठन गरी...
काठमाण्डु, २८ साउन– प्रहरीले किटानी जाहेरी लिन इन्कार गरेपछि प्रहरी कारबाहीमा मारिएका दिनेश अधिकारी ‘चरी’ का परिवार अदालत जाने भएको छ । चरीका दाजु ध्रुव अधिकारीले सरकारबाट न्याय पाउने सम्भावना नदेखिएकाले सर्वोच्च अदालत जान लागिएको काठमाण्डु टुडेलाई बताए । ‘सरकारबाट न्याय पाउने सम्भावना देखिएन’,...
काठमाण्डु, २८ साउन– काठमाण्डु उपत्यकासहित मुलुकका पूर्वी तथा पश्चिम क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै तीन दिनसम्म जारी रहने छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलले पानी पार्ने वायुमण्डलीय प्रणाली न्यूनचापीय रेखा सामान्य भारतबाट नेपालतर्फ सरेकाले...