समाचार

इबोला भाइरस भित्रिन नदिन सरकार तात्यो , ७ सीमा नाकामा स्वास्थ्य क्याम्प

२०७१ साउन २९ गते १३:०२

काठमाण्डु, २९ साउन –  इबोला भाइरस भित्रिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सातवटा सीमामा स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया बिहीवारदेखि सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, सचिव तीर्थ बुर्लाकोटी, मुख्य सचिव लीलामणि पौडेल, गृह, परराष्ट्र, पर्यटन तथा...

श्रमको सम्मान गर्न बाध्य कम्युनिकेशन कर्नर , ‘हायर एण्ड फायर’ को अन्त्य

२०७१ साउन २९ गते १२:४१

ललितपुर, २९ साउन – उज्यालो ९० नेटवर्कका सञ्चारकर्मीले उठाएका माग सम्बोधन गर्न कम्युनिकेशन कर्नर व्यवस्थापन सहमत भएको छ । दुईपक्षबीच विभिन्न चरणमा भएका छलफलपछि बिहीवार भएको सहमति अनुसार उज्यालो ९० नेटवर्क तथा उज्यालो अनलाइनमा कार्यरत पत्रकार तथा प्राविधिकले व्यवस्थापनले ल्याएको अवकाश योजना अनुसार अवकाश...

१२ छोरा १३ नाती , दु:खको धोक्रो काँधमाथि

२०७१ साउन २९ गते १२:२३

कालीकोट, २९ साउन – सोह्र सन्तानलाई जन्म दिएकी कालीकोटकी एक वृद्धालाई बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता आइलागेको छ । विसं २०११ पुस १५ गते राम्नाकोट-२ बाँझकोटमा जन्मिएर वडा नं ७ खार्दुमा विवाह गरेकी धनपुरा विकको गाउँघरको चलनअनुसार ११ वर्षको उमेरमा पुरातन परम्पराअनुसार माइती र पोइली...

राजधानीमा घाँटी रेटेर युवतीको हत्या

२०७१ साउन २९ गते ११:३१

काठमाण्डु, २९ साउन – राजधानीको डल्लुमा एक युवतीको हत्या भएको छ । बिहिबार बिहान घाँटी रेटिएको अवस्थामा प्रहरीले ती युवतीको उद्धार गरेको थियो । प्रहरीले उपचारको लागि वीर अस्पताल लैजादा बाटैमा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सुरक्षाका लागि राखिएको सिसिटिभीमा ति...

दुई दिन अझै अविरल वर्षा हुने

२०७१ साउन २९ गते ९:३७

काठमाण्डु, २९ साउन – केही दिनदेखि सुरु भएको वर्षात शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मनसुन सक्रिय भएको दुई महिना हुन लाग्दा दुई दिनअघिबाट देशैभरी भइरहेको अविरल वर्षातका कारण तराईमा डुबान शुरु भएको छ भने पहाडमा बाढी पहिरोको प्रकोप बढ्न...

विजय सुब्बाले भने, ‘काज सकियो एमालेमै फर्किएँ

२०७१ साउन २९ गते ९:०५

काठमाण्डु, २९ साउन– अशोक राई नेतृत्वको संघीय समाजवादीका वरिष्ठ उपाध्यक्ष विजय सुब्बा पूरानै घर एमाले फर्किएका छन् । उनलाई बुधबार पार्टी मुख्यालय बल्खुमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर स्वागत गरे । पार्टी प्रवेशपछि बोल्दै सुब्बाले आफू काजमा गएको र काज सकिएपछि...

इबोला नेपाल नआओस्: नेम्वाङ

२०७१ साउन २९ गते ८:४१

काठमाण्डु, २९ साउन– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरस नेपालमा पनि आउन सक्ने भन्दै सतर्कता अपनाउन सरकारलाई निर्देशन दिएका छन् । व्यवस्थापिका–संसदको बिहीबारको बैठकमा सभासदहरुले इबोला संक्रमण रोकथामका लागि सरकारले पूर्वसतर्कता नअपनाएको भन्दै चर्को विरोध गरेपछि नेम्वाङले त्यस्तो आदेश दिएका...

चरी प्रकरणबारे एमालेमा चर्काचर्की

२०७१ साउन २९ गते ६:०१

काठमाण्डु, २९ साउन– एमाले केन्द्रीय पदाधिकारीसहित बसेको शीर्ष नेताहरूको बैठकमा ‘गुन्डा नाइके  दिनेश अधिकारी ‘‘चरी’ को मृत्युबारे मत बाझिएको छ । केन्द्रीय कमिटी बैठक स्थगित गरेपछि राज्य सञ्चोलनबारे छलफल गर्न बसेको सो अनौपचारिक बैठक ‘चरी’ प्रकरणमै अल्झिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली,...

वरिष्ठ गायक बज्राचार्यको निधन

२०७१ साउन २९ गते ५:२२

पोखरा, २९ साउन– वरिष्ठ गायक तथा संगीतकार सरोजगोपाल बज्राचार्यको निधन भएको छ । बज्राचार्यको पोखरास्थित निवासमा गएराति निधन भएको हो । बिहान अबेरसम्म नउठेपछि बोलाउन गएका परिवारले उनलाई अचेत अवस्थामा देखेपछि चिकित्सक बोलाएका थिए । घरमै आएका चिकित्सकले बज्राचार्यलाई मृत घोषणा गरेका थिए । उनको...

पुल भासिएपछि राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

२०७१ साउन २९ गते ५:१३

महोत्तरी, २९ साउन– लगातारको वर्षातका कारण महोत्तरी र धनुषाको सीमानामा पर्ने रातो खोलाको पूल भासिएको छ । बुधबार राति पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा दुवैतर्फ सयौंको संख्यामा सवारी साधनको लाइन लागेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधन धनुषाको लालगढ...

मलेसियामा कारको ठक्करबाट नेपालीको मृत्यु

२०७१ साउन २९ गते ५:०५

काठमाण्डु, २९ साउन– मलेसियामा सडकमा बाटो काट्ने क्रममा कारको ठक्करबाट एक नेपाली कामदारको ज्यान गएको छ । स्थानीय समयअनुसार बुधबार राति ८ बजेको समयमा सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा २२ वर्षीय इन्द्रवहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । उनको नेपालस्थित ठेगाना मोरङ...

पहिरोमा पुरिएर आमाछोराको मृत्यु

२०७१ साउन २९ गते ४:२१

जाजरकोट, २९ साउन– जाजरकोटको सकलामा पहिरोले पुरिएर आमाछोराका मृत्यु भएको छ । वर्षातसँगै सकला–३ मा आज बिहान ३ बजे झरेको पहिरोले स्थानीय जयलाल बोहराको घर पुरिँदा उनकी श्रीमती २९ वर्षीया नवरती र छोरा सात वर्षीय नवराजको मृत्यु भएको हो । पहिरोमा पुरिएका जयलाल तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us