चरी प्रकरणबारे एमालेमा चर्काचर्की

काठमाण्डु टुडे २०७१ साउन २९ गते ६:०१ मा प्रकाशित

काठमाण्डु, २९ साउन– एमाले केन्द्रीय पदाधिकारीसहित बसेको शीर्ष नेताहरूको बैठकमा ‘गुन्डा नाइके  दिनेश अधिकारी ‘‘चरी’ को मृत्युबारे मत kp- madhavबाझिएको छ । केन्द्रीय कमिटी बैठक स्थगित गरेपछि राज्य सञ्चोलनबारे छलफल गर्न बसेको सो अनौपचारिक बैठक ‘चरी’ प्रकरणमै अल्झिएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली, सचिव प्रदीप ज्ञवाली र माधवकुमार नेपाल पक्षबाट उपाध्यक्षमा पराजित राजेन्द्रप्रसाद पाण्डेले चरीको हत्या भएको भन्दै संसदीय छानबिनका लागि संसद्मो दबाब दिनुपर्ने पक्षमा मत राखेका थिए । नेता नेपाल, उपाध्यक्षत्रय वामदेव गौतम, विद्या भण्डारी, भीम रावल, सचिवत्रय गोकर्ण विष्टत, योगेश भट्टराई र भीम आचार्यले चरी मृत्युको कारण व्यक्तिगत भएकाले पार्टीसँग जोड्न नहुने बताएका थिए ।
बैठकका एक सहभागीले दिएको जानकारीअनुसार पदाधिकारीमा पराजित भए पनि बैठकमा सहभागी धादिङबाट सभासद् बनेका पाण्डेले लामो व्याख्यासहित योजनाबद्ध ढंगले चरीको हत्या भएको बताएका थिए । उनले चरीको हत्याले पार्टीलाई अपूरणीय क्षति भएकाले अपराधमा संलग्नलाई कडा दण्ड दिन पार्टीले सरकारलाई दबाब दिनुपर्ने धारणा राखेका थिए । प्रहरीले मुठभेडमा चरीको मृत्यु भएको भन्दै आएको छ।
बैठकमा अध्यक्ष ओलीले छानबिन गर्न संसदीय समिति बनाउँदा उचित हुने बताएका थिए । ‘मैले त चिनेको पनि हैन, त्यही धादिङको कार्यक्रममा जाँदा भेटेको हुँ,’ ओलीले भनेका थिए, ‘मेरै कार्यक्रमबाट फर्किंदा गोली हानेर घाइते बनाएपछि म शिक्षण अस्पताल गएर भेटेको हुँ । जे भए पनि प्रहरीले मान्छे मार्न पाउँदैन । उनको गैरन्यायिक हत्या भएकाले छानबिन हुनुपर्छ ।’
नेता नेपालले भने गुण्डाराजको पक्षमा पार्टी लाग्न नहुने बताएका थिए । ‘देशमा गुण्डाराज हुनु हुँदैन, त्यस्ता अपराधीलाई कारबाही हुनुपर्छ,’ नेपालले भनेका थिए, ‘सरकार र प्रहरीले राज्यको कानुन पालना गर्नुपर्छ भन्नेल हो । पार्टीलाई हत्यासँग जोड्न हुँदैन ।’
उपाध्यक्ष भण्डारीले पनि गुण्डाहरू अपराधी भएकाले गुण्डाका पक्षमा पार्टी लाग्न नहुने बताएकी थिइन् । ‘केही वर्षअघि गुण्डाले मैमाथि आक्रमण गरेका थिए,’ भण्डारीले भनेकी थिइन्,  ‘अपराधीलाई राज्यले कारबाही गर्नुपर्छ ।  मलाई हमला गर्दा पनि प्रहरीले गोली हानेर घाइते बनाएको थियो ।’
बैठकमा सचिव ज्ञवालीले मानवअधिकारका दृष्टिपबाट व्याख्या गर्दै चरीको गैरन्यायिक हत्या भएकाले एमालेले त्यसको विरोध गर्नु उचित हुने बताएका थिए । अर्का सचिव भट्टराईले भने, ‘चरी मारिँदा उसको परिवार दु:खी त होलान् तर ऊ पार्टीको मान्छे होइन, समाउन जाँदा भिडन्तमा मारिएकाले पार्टीसँग जोड्नु आवश्यक छैन ।’
बैठकमा सरकार सञ्चारलन, २६ सभासद् नियुक्ति, संवैधानिक निकायमा नियुक्ति, राजदूत नियुक्ति बारे पनि छलफल गर्ने भनिए पनि चरी प्रकरणमै लामो बहस चलेकाले ती विषयमा प्रवेश गर्नै भ्याइएन ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us