पुल भासिएपछि राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

काठमाण्डु टुडे २०७१ साउन २९ गते ५:१३ मा प्रकाशित

महोत्तरी, २९ साउन– लगातारको वर्षातका कारण महोत्तरी र धनुषाको सीमानामा पर्ने रातो खोलाको पूल भासिएको छ ।

बुधबार राति पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा दुवैतर्फ सयौंको संख्यामा सवारी साधनको लाइन लागेको छ ।

पूर्वबाट पश्चिम जाने सवारी साधन धनुषाको लालगढ र पश्चिमबाट पूर्व जाने सवारीसाधन महोत्तरीको बर्दिवासमा रोकिएका छन् । हजारौं यात्रुको विचल्ली भएको छ ।
यसैबीच घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त र जिल्ला प्रहरी प्रमुख एसपी राजप्रसाद श्रेष्ठले वैकल्पिक बाटोको खोजी गरिरहेका छन् । पत्नले वैकल्पिक बाटोका लागि सडक डिभिजन कार्यालयका प्राविधिक खटिइसकेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us