वरिष्ठ गायक बज्राचार्यको निधन

काठमाण्डु टुडे २०७१ साउन २९ गते ५:२२ मा प्रकाशित

पोखरा, २९ साउन– वरिष्ठ गायक तथा संगीतकार सरोजगोपाल बज्राचार्यको निधन भएको छ ।
बज्राचार्यको पोखरास्थित निवासमा गएराति निधन भएको हो ।

बिहान अबेरसम्म नउठेपछि बोलाउन गएका परिवारले उनलाई अचेत अवस्थामा देखेपछि चिकित्सक बोलाएका थिए । घरमै आएका चिकित्सकले बज्राचार्यलाई मृत घोषणा गरेका थिए ।

उनको हृदयघातका कराण निधन भएको अनुमान गरिएको छ । उनले दर्जनौं गितमा स्वर तथा संगित दिएका छन् । उनका देउराली उकाली चढेरजस्ता दर्जनौं गीत चर्चित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us