काठमाण्डु, ३१ साउन– तीन वर्षअघि संचालनमा आएको हेलो सरकार कक्षमा थरथरीका गुनासो आउने गरेका छन् । हेलो सरकार कक्षमा अघिल्लो महिना एक कृषकले फोन गरी आफ्नो व्याउन लागेको भैंसी मरेको गुनासो गरेका छन् । पशु चिकित्सकको हडतालका कारण आफूले किनेर ल्याएको भैसी उपचार अभावमा...
काठमाण्डु, ३0 साउन– प्राविधिक तथा व्यवसायिक शिक्षा तालिक परिषद् (सिटिइभीटी) बाट स्टाफ नर्स अध्ययनका लागि छात्रवृत्ति मिलाई दिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डुको पुतली सडकमा रहेको ‘निष्ट एचीभर्स एजुकेशनल कसल्टेन्सीका प्रबन्ध निर्देशक प्रदीप भुसाललाई पीडितको उजुरीका आधारमा...
काठमाण्डु, ३० साउन– काठमाण्डुको डल्लु आवास क्षेत्रमा घाँटी रेटेर हत्या गरिएकी पेमा छेकी शेर्पाको हत्यामा आफ्नै प्रेमी संलग्न रहेको खुलेको छ । शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले काठमाण्डु लगनका रमेश महर्जनलाई पक्राउ गरेको छ । घाँटी रेटिएको अवस्थामा भेटिएकी उनको बिहीबार मृत्यु भएको थियो...
काठमाण्डु, ३० साउन– काँग्रेसकै सभासदले प्रधानमन्त्री सुशील कोइराला लागातार व्यवस्थापिका–संसद् बैठकमा अनुपश्थित रहेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको संसदमा बैठकमा बोल्दै प्रधानमन्त्रीको पार्टी काँग्रेसका सभासद रामहरि खतिवडाले देशभर वर्षासँगै बाढीपहिरोले हजारौं जनता प्रभावित हुँदा पनि प्रधानमन्त्री स्थलगत भ्रमणमा नगएको र संसदमा नआएको भन्दै...
काठमाण्डु, ३० साउन –असन्तुष्ट डिआइजीले ऐन विपरित एआइजीमा बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । डीआईजी यादव अधिकारीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिकारीले एआइजीमा बढुवा कानुन विपरित भएको भन्दै त्यसलाई रोक्न माग गरेका छन्। गृहमन्त्रालयले बिहिबार ९ डिआइजीलाई एआइजीमा...
काठमाण्डु, ३० साउन – प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तले उनको सुनियोजित हत्या भएको दाबी गर्दै सर्वोच्च अदालतमा अभियोगपत्र दर्ता गरेको छ । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि उनका दाजु ध्रुव अधिकारीले शुक्रबार सर्वोच्चमा मुद्धा दायर गरेका हुन् । घटनामा...
सुर्खेत, ३० साउन – अविरल वर्षापछिको बाढीले सुर्खेतमा ११को मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको रेकर्डमा १८ जना बेपत्ता भएका छन् । तर, चिसापानीका स्थानीयवासीले आफ्नो गाविसमामात्रै २४ जना बेपत्ता भएको जानकारी गराएका छन् । प्रहरीका अनुसार उत्तरगंगामा २ जना, लाटीकोइलीमा...
धनगढी, ३० साउन – निरन्तरको वर्षासँगै कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीमा पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ । पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेपछि प्रहरीले नदी आसपासका बासिन्दालाई ‘माइकिङ’ गरी सुरक्षित स्थानमा जान सूचना गरेको छ । कर्णाली नदीमा शुक्रबार मध्याह्नसम्म पानीको...
काठमाण्डु – खासमा प्रधानमन्त्री देउवासँग मलाई परिचित गराएको सुरक्षा परिषदले नै हो । म दिनमा एकपटक प्रधानमन्त्रीसँग भेट्ने वा ब्रिफिङ गर्ने मौका पाउँथेँ । यही क्रममा उहाँ मेरो कामबाट प्रभावित हुनुभएको थियो । प्रधानमन्त्रीको अडानले बल्लतल्ल अमेरिका त पुगियो, तर राष्ट्रपति बुस र राष्ट्रसंघका महासचिवसँगको...
काठमाण्डु, ३० साउन– भारतकोे ६८औँ स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका १९ जिल्लाका अस्पताल, परोपकारी संस्था तथा शैक्षिक प्रतिष्ठानलाई २० वटा एम्बुलेन्स र चारवटा बस प्रदान गर्नुका साथै ७५ वटा देशका विभिन्न भागमा अवस्थित ७५ पुस्तकालयलाई उपहारस्वरुप प्रदान गरेको छ । स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित...
काठमाण्डु, ३० साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति प्रक्रियाको सराहना गर्दै विश्वले पाठ सिक्नुपर्ने बताएका छन् । बुलेट छोडेर ब्यालेटमा विश्वास गरी नयाँ संविधान बनाउने बाटोमा लागेको नेपालबाट द्धन्द्धलाई सहज ढङगबाट रुपान्तरण गर्न ज्ञान लिन विश्वलाई आग्रह गरेका छन् । भारतको ६८...
काठमाण्डु, ३० साउन– पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले आफू सानैदेखि उट्पटयाङ र अरुलाई दु:ख दिँदा रमाउने स्वभावको व्यक्ति भएको बताएका छन् । बिहीबार सार्वजनिक भएको आफ्नो पुस्तक ‘रुक्माङगद् कटवालको आत्मकथा’ मा उनले आफ्ना उटपटयाङ गतिविधिको फेहरिस्त नै प्रस्तुत गरेका छन् । कटवालले आफ्नो उपद्रो र हठी...