कञ्चनपुर, ३१ साउन- कञ्चनपुरमा अदालतले सजाय सुनाएका नौ फरार अभियुक्त एकै दिन पक्राउ परेका छन् । फरार अभियुक्त खोजी गर्न सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागुऔषध कारोबारी, वन मुद्दा र जग्गासम्बन्धी मुद्दाका...
काभ्रे, ३१ साउन-काभ्रेको उग्रतारा– ७ मा एक ८ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । बालिका शनिबार स्थानीय धनेश्वर मन्दिर छेउमा मृत भेटिएकी हुन् । उनी शुक्रबारदेखि हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो । बालिकाको शब खाल्डो खनेर ढुंगाले किचिएको अवस्थामा फेला परेको...
चितवन, ३१ साउन– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधान जारी गर्नुअघि नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागिपरेको बताएका छन् । चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले आगामी माघ ८ अघि नै स्थानीय निकायको निर्वाचन हुने बताए । संसदले स्थानीय स्थानीय स्वायत्त...
काठमाण्डु, ३१ साउन– राप्रपा नेपालले संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै तत्काल त्यस्तो कार्य नरोकिए प्रतिकारमा उत्रने चेतावनी दिएको छ । राप्रपा नेपालको तीन दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले डर त्रास, लोभ र प्रलोभन देखाएर धर्म परिवर्तन गराइएको भन्दै...
विराटनगर, ३१ साउन– सेवाग्राहीबाट कर्मचारीले घूष लिने गरेको गुनासो बढेपछि इलामका सरकारी कार्यालयमा सिसी क्यामेरा जडान गर्न थालिएको छ । सेवाग्राहीको चाप बढी हुने राजस्व, जिल्ला प्रशासन, विराटनगर उपमहानगरनगरपालिका, मालपोत र जिल्ला अदालतसहित एक दर्जन कार्यालयमा सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले...
दाङ, ३१ साउन– अविरलवर्षासँगै दाङमा बबई नदीमा आएको बाढीले बगाएर दाङमा बेपत्ता भएकामध्ये थप ७ जना मृत भेटिएका छन् । यो सँगै दाङमा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार बिहान बाबई नदी किनारमा थप...
सप्तरी, ३१ साउन– सप्तरीमा आत्महत्या गर्न खोज्ने ज्वाइँलाई बचाउन खोज्दा ससुरा बेपत्ता भएका छन् । मधुवापुर गाविस(७ का १८ वर्षीय नारायण शर्माले नदीमा हामफालेर आत्महत्या गर्न खोज्दा उनलाई जोगाउने क्रममा ससुरा त्रिकोल गाविस(६ निवासी ६० वर्षीय रामचरण शर्मा बेपत्ता भएका हुन् । उनको खोजी...
काठमाण्डु, १८ साउन– अबिरल वर्षासँगै गएको बाढीपहिरोले सल्यान, बर्दिया र सुर्खेतमा थप ९ जनाको ज्यान गएको छ । २७ जना हराइरहेका छन् । बाढीपहिरोमा हराइरहेका उनीहरुको शव आज बिहान भेटिएको हो । बर्दियामा पाँच तथा सुर्खेत र सल्यानमा थप दुईदुई जनाको शव भेटिएको हो...
काठमाण्डु, ३१ साउन– एकीकृत माओवादीसहित पहिचान पक्षधर दलहरुको मोर्चाको बैठक आज बस्दै छ । दिउँसो २ बजे एकीकृत माओबादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले संविधान निर्माणमा आफ्ना मुद्धा सम्बोधन गराउन दबाबमुलक कार्यक्रम तय गर्ने विषयमा छलफल हुने बताइएको छ । फोरम नेपालका अध्यक्ष...
काठमाण्डु, ३१ साउन– पूर्वपश्चिम राजमार्गको धनुषास्थित रातु पुल भासिएर अवरुद्ध भएको यातायात खुलाउन भरपर्दो पहलका लागि स्थानीय राजनीतिक दल तथा सामाजिक संघसंस्थाले माग गरेका छन् । शुक्रबार बर्दियामा बैठक गरी प्रमुख राजनीतिक दलहरु तथा सामाजिक संस्थाका प्रतिनिधिले पुल भासिनुको मुख्य कारण देखिएको क्रसर व्यवसायीलाई...
काठमाण्डु, ३१ साउन– बैंककमा रहेका पूर्वयुवराज पारस शाहको भिसा एक महिनाका लागि मात्रै थपिएको छ । अदालतको फैसला नआएका कारण तत्काल थाइल्याण्डमा बस्ने गरी एक महिना भिसाको म्याद थपिएको हो । थाइल्याण्डको अध्यागमन विभागले शुक्रबार एक महिनाको भिसा थप गरेको जनाएको छ । १०...
काठमाण्डु, ३१ साउन– सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रहरी सुरक्षामा झन्डै ७२२ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले निजामती सेवा नियमावलीअनुसार हरेक वर्ष साउनमा अन्तरमन्त्रालयस्तरको सरुवा गर्ने निर्णय गरेको हो । कर्मचारी सरुवाबारे कर्मचारी संगठन र मन्त्रालयबीच शुक्रबार दिउँसो विवाद भएको थियो । असन्तुष्ट पक्षले...