थाइल्याण्डले किन एक महिनाको मात्र भिसा दियो पारसलाई ?

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ३:४८ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– बैंककमा रहेका पूर्वयुवराज पारस शाहको भिसा एक महिनाका लागि मात्रै थपिएको छ ।
paras अदालतको फैसला नआएका कारण तत्काल थाइल्याण्डमा बस्ने गरी एक महिना भिसाको म्याद थपिएको हो ।
थाइल्याण्डको अध्यागमन विभागले शुक्रबार एक महिनाको भिसा थप गरेको जनाएको छ । १० दिनअघि भिसाको म्याद सकिएपछि दैनिक ५ सय भाट जरिवाना तिरेर थाइल्याण्ड बस्दै आएका पारसको स्टुडेन्ट भिसामै एक महिना म्याद थप गरिएको हो ।

एक साताअघि नै प्रवेशाज्ञाको म्याद थप्नुपर्ने भए पनि अदालतको पत्रका कारण रोकिएको थियो । बिहीबार अदालतले एक महिनाका लागि म्याद थप गर्न आग्रह गर्दै थाई अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

अदालतको पत्रको आधारमा शुक्रबार एक महिनाका लागि स्टुडेन्ट भिसा थप गरिएको हो । थाइल्याण्डस्थित एक नेपालीले दिएको जानकारीअनुसार मुद्दा किनारा नलागेसम्म भिसा दिन नमिल्ने भएकाले एकएक महिना गरी तीन पटकसम्म भिसा लिने तयारी गरिएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us