८ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १०:३८ मा प्रकाशित

काभ्रे, ३१ साउन-काभ्रेको उग्रतारा– ७ मा एक ८ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।

बालिका शनिबार  स्थानीय धनेश्वर मन्दिर छेउमा  मृत भेटिएकी हुन् । उनी शुक्रबारदेखि हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो । बालिकाको शब खाल्डो खनेर ढुंगाले किचिएको अवस्थामा फेला परेको काभ्रे प्रहरी प्रमुख अरुणकुमार बीसीले जानकारी दिए ।

उनले घटनाबारे छानबिन थालिएको बताए । बीसीेले बालिकाको बलात्कारपछि हत्या भएको देखिएको उल्लेख गरे । यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय रोशन बोगटी र युवराज लामालाई पक्राउ गरेको छ । फरार दुई जनाको खोजी भइरहेको बीसीले बताए । बालिकाको शव पोष्टमार्टमका लागि काठमाण्डु ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us