दाङमा बाढीले बगाएका सात मृत फेला, चार अझै बेपत्ता

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ७:४१ मा प्रकाशित

दाङ, ३१ साउन– अविरलवर्षासँगै दाङमा बबई नदीमा आएको बाढीले बगाएर दाङमा बेपत्ता भएकामध्ये थप ७ जना मृत भेटिएका छन् ।

यो सँगै दाङमा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार बिहान बाबई नदी किनारमा थप सात वटा शव फेला परेको जनाएको छ ।

धनौरी–२ का ६० वर्षीय शेरबहादुर वली, उनकी श्रीमती ५६ वर्षीया खली वली र छोरी १२ वर्षीया अस्मिता, डुरुवा–१ की ९ वर्षीया लीला खत्री, गोल्टाकुरी–३ की सुनिता डाँगी मृत फेला परेका हुन् ।

उनीहरुलाई शुक्रबार बबइमा आएको बाढीले बगाएको थियो । उता दाङकै पुरन्धारामा एउटा चिराघाटमा एटा शव फेला परेको छ । मृतकको सनाखत हुन सकेको छैन । बाढीले बगाएका ४ जना अझै हराइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us