विराटनगर, ३१ साउन– सेवाग्राहीबाट कर्मचारीले घूष लिने गरेको गुनासो बढेपछि इलामका सरकारी कार्यालयमा सिसी क्यामेरा जडान गर्न थालिएको छ ।
सेवाग्राहीको चाप बढी हुने राजस्व, जिल्ला प्रशासन, विराटनगर उपमहानगरनगरपालिका, मालपोत र जिल्ला अदालतसहित एक दर्जन कार्यालयमा सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयमा घूस लिने र कामचोर कर्मचारी पत्ता लगाउन सिसी क्यामेरा जडान गरिएको बताए ।
उनले कार्यालयभित्रका सबै गतिविधि सिसी क्यामेराले कैद गर्ने भएकाले अनियमितता र काम चोर प्रवृत्तिमा कमी आउने विश्वास गरे । उनले सिसी क्यामेराको प्रयोगपछि सेवाग्राहीले छिटोछरतो रुपमा सेवा पाएको दाबीसमेत गरे ।