भारतले दियो एम्बुलेन्स, बस र पुस्तक

काठमाण्डु टुडे २०७१ साउन ३० गते ८:१५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– भारतकोे ६८औँ स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका १९ जिल्लाका अस्पताल, परोपकारी संस्था तथा शैक्षिक प्रतिष्ठानलाई २० वटा एम्बुलेन्स र चारवटा बस प्रदान गर्नुका साथै ७५ वटा देशका विभिन्न भागमा अवस्थित ७५ पुस्तकालयलाई उपहारस्वरुप प्रदान गरेको छ ।

 स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आज बिहान आयोजित विशेष समारोहमा नेपालका लागि उक्त मुलुकका राजदूत रन्जित रेले ती उपहार प्रदान गरे ।

 त्यसअघि राजदूत रेले भारतको राष्ट्रिय झन्डा फहराई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रका नाममा दिएका सन्देश वाचन गरेका थिए।

सन्देशमा राष्ट्रपति मुखर्जीले शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिएका छन् । समारोहमा भारतीय दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारजन, कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक, नेपाल–¬भारत मैत्री सङ्घ र शुभेच्छुकहरूको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us