काठमाण्डु, ३० साउन –असन्तुष्ट डिआइजीले ऐन विपरित एआइजीमा बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
डीआईजी यादव अधिकारीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिकारीले एआइजीमा बढुवा कानुन विपरित भएको भन्दै त्यसलाई रोक्न माग गरेका छन्। गृहमन्त्रालयले बिहिबार ९ डिआइजीलाई एआइजीमा बढुवा गरेको थियो ।
उनले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको सर्वोच्च अदालतले जनाएको छ। बढुवा समितिको सिफारिस अनुसार बढुवा गर्न उनले माग राखेका छन्।
डिआइजी अधिकारीले आफूमाथि अन्याय भएकाले अदालत जान बाध्य भएको बताएका छन् ।
डिआइजी अधिकारी पनि एआइजीको दाबेदार थिए। तर, बढुवा समितिले उनको नाम नराखेपछि उनले असन्तुष्ट जनाउँदै आएका छन् ।