मलेसियामा कारको ठक्करबाट नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २९ गते ५:०५ मा प्रकाशित

काठमाण्डु, २९ साउन– मलेसियामा सडकमा बाटो काट्ने क्रममा कारको ठक्करबाट एक नेपाली कामदारको ज्यान गएको छ ।

स्थानीय समयअनुसार बुधबार राति ८ बजेको समयमा सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा २२ वर्षीय इन्द्रवहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । उनको नेपालस्थित ठेगाना मोरङ भएको बताइएको छ ।

ड्युटीका लागि कम्पनीतर्फ जाँदै गर्दा जोहोरको तामानमेवा स्थित सडकमा उनलाई कारले ठक्कर दिएको थियो । तामाङ पेकननासमा रहेको सिमानो कम्पनीमा कार्यरत थिए ।

उनको शव पोस्टमार्टमका लागि स्थानीय पोन्तान अस्पतालमा राखिएको छ । तामाङ रोजगारीका सिलसिलामा २२ महिनाअघि मलेसिया पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us