काठमाण्डु, २८ साउन– पार्टी विवाद तत्कालका लागि साम्य भएको भनिएकै भोलिपल्ट एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नयाँ शक्तिको
‘फर्मुला’ सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ शक्तिको फर्मुला पाँच ‘स’ अघि सारेका छन् । उनले ‘स’ अर्थात शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादलाई नयाँ शक्तिको आधार मानेका छन् ।
पाँच ‘स’ बाटै नयाँ शक्ति र नयाँ शक्ति निर्माण उनले दाबी उनको छ । उनले पाँच ‘स’ मै राष्ट्रिय सहमति कायम गरेर नयाँ नेपाल निर्माण गर्न सकिने तर्क पेश गरेका छन् ।
‘शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद’ उनले भनेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं र बनाऔं नयाँ नेपाल १’
्