काठमाण्डु, २८ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिने दिनेश अधिकारी ‘चरी’ को गैरन्यायिक हत्या भएको दाबीसहित राष्ट्रिय
मानवअधिकार आयोगमा उजुरी परेको छ ।
चरीका परिवारले उनलाई पक्राउपछि सुनियोजित रुपमा हत्या गरिएको दाबी गर्दै बुधबार आयोगमा उजुरी दिएको हो । उजुरीमा चरीलाई पक्राउको आदेश दिने, पक्राउ गर्ने र गोली चलाउनेमाथि कारबाहीको माग गरिएको छ ।
गृहमन्त्री बामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी परिसर काठमाण्डु र महानगरीय अपराध महाशाखा प्रमुख एसएसपीद्वय उत्तमकुमार कार्की र पुष्कर कार्की, प्रहरी नायव उपरीक्षक मिरा चौधरी र प्रहरी निरीक्षक कुमुद ढुंगेललगायत विरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।
प्रहरीले किटानी जाहेर लिन अस्वीकार गरेपछि चरीको परिवार कानुनी उपचारको खोजीमा मानवअधिकार आयोग पुगेको हो ।