एमालेमा दस्तावेजमाथिको छलफल सुरु भएन

काठमाण्डु टुडे २०७१ साउन २८ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, १८ साउन– नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा दोश्रो दिन बुधबार पनि दस्तावेजमाथिको छलफल सुरु हुन सकेन ।

uml office
केन्द्रीय सदस्यहरुलाई दस्तावेज अध्ययनका लागि दिन ढिलाइ भएका कारण छलफल हुन नसकेको हो । सचिव योगेश भट्टराईले बुधबारको बैठकमा विभिन्न दस्तावेज अध्यनाका लागि सदस्यहरुलाई उपलब्ध गराइएको र बिहीबारबाट छलफल सुरु हुने बताए ।

नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, आचार संहिता लगायत दस्तावेज संशोधन गर्न छलफल हुन लागेको हो । यस्तै नवौं महाधिवेशनमा बराबर मत ल्याएका चारैजना केन्द्रीय सदस्यलाई सपथ खुवाइएको छ ।

बराबर मत ल्याउने खुलातर्फका दुई र मुस्लिम समुदायका दुई केन्द्रीय सदस्यलाई पछि मनोनित गर्नेबाट मिलाउने गरी मंगलबारको बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो ।
अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us