चरीका परिवारलाई बार एसोसिएसनले कानुनी सहायता गर्ने

काठमाण्डु टुडे २०७१ साउन २८ गते १०:५१ मा प्रकाशित

काठमाण्डु, २८ साउन– प्रहरी मुठभेडमा मारिएका डन भनिने दिनेश अधिकारी ‘चरी’ का परिवारले नेपाल बार एशोसिएसनसँग कानुनी सहायता barमागेको छ ।
चरीका दाजु ध्रुव अधिकारीसहितका पारिवारिक सदस्यले बुधबार बार अध्यक्ष हरिकृष्ण कार्कीलाई भेटी सहायताका लागि अनुरोध गरेका हुन् ।

अधिकारीले बारमा अनुरोध पत्र दर्ता गरिएको बताए । बारका तर्फबाट कानुनी उपचारका लागि आवश्यक पर्दा सबै प्रकारका परामर्श र कानुन व्यवसायी उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता जनाएको छ ।

‘उहाँहरुले कानुनी सहायतका लागि आग्रह गर्नुभएको छ’, बारका महासचिव टीकाराम भट्टराईले भने, ‘बार सहयोगका लागि तयार छ ।’
चरीको गैरन्यायिक हत्या भएकाले दोषीमाथि कारबाहीको माग गर्दै उनको परिवार सर्वोच्च अदालत जाने तयारीमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us