लागुऔषधसहित युवक पक्राउ

काठमाण्डु टुडे २०७१ साउन २८ गते ७:२२ मा प्रकाशित

विराटनगर, २८ साउन– प्रहरीले विराटनगर उपमहानगरपालिका(२१ रानी भन्सार नाकाबाट लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सीमावर्ती भारतीय बजार जोगवानीबाट लागुऔषधसहित नेपालतर्फ आउँदै गरेको अवस्थामा सुनसरी धरान(१९ बस्ने ३३ वर्षीय तिलक थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले थापाक साथबाट लागुऔषध स्पासमोप्रोक्सिभन ७२ पिस र नाइट्रोसन १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us